१४ जेष्ठ २०८०, आईतवार

मन्त्री योगेश भट्टराईलाई कोरोना सङ्क्रमण पुष्टि



२४ असोज, काठमाडौं । संस्कृती पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । आज (शनिबार) गरिएको कोरोना परिक्षण रिपोर्ट पोजेटिभ आएको मन्त्री भट्टराईले बताएका छन् ।

सामाजिक सन्जालमा आफुलाई कोरोना देखिएको जानकारी गराउदै मन्त्री भट्टराईले लेखेका छन् , “यसबीचमा काठमाडौं बाहिरका केहि कार्यक्रममा सहभागी पनि भएँ । हिजो शुक्रबार बेलुका निवासमा फर्केपछि हल्का ज्वोरोको महशुस भयो । आज शनिबार पुन: कोरोना परिक्षण गर्दा रिपोर्ट पोजेटीभ आएको भरखरै जानकारी पाएको छु। हालसम्म पनि हल्का ज्वोरो बाहेक अरु समस्या देखिएको छैन् ।”

मन्त्री भट्टराईले केहि दिन यता आफुसँग सम्पर्कमा आएका सम्पुर्णलाई सतर्क रहन र कुनै समस्या देखिएमा कोरोना परिक्षण गरी ढुक्क हुन अनुरोध गरेका छन् ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको