४ आश्विन २०७८, सोमबार

एकैदिन ५ हजार ८ कोरोना सङ्क्रमित थपिए, १४ को मृत्यु



२४ असोज, काठमाडौं । गएको २४ घण्टामा देशभर अहिलेसम्मकै बढि ५ हजार ८ कोरोना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बिहिबार उल्लिखित संख्यामा सङ्क्रमण पुष्टि भएको बताए ।

काठमाडौं उपत्यकामा आज (शनिबार) २६ सय ७२ जना कोरोना सङ्क्रमित थपिएका छन् । जसमध्ये काठमाडौंमा २१००, ललितपुरमा ३६९ र भक्तपुरमा २०३ जनामा सङ्क्रमण पुष्टि भएको प्रवक्ता गौतमले बताएका छन् ।

आज थपिएकासहित हालसम्मको सङ्क्रमित संख्या १ लाख ५ हजार ६८४ पुगेको मन्त्रालयले जनाएको छ ।

आज देशका विभिन्न अस्पतालमा उपचाररत १२ सय २९ जना भाइरस सङ्क्रमित कोरोना मुक्त भएर घर फर्किएका छन् । यो संख्यासहित हालसम्म कोरोनाबाट मूक्त हुनेको संख्या ७४ हजार २५२ पुगेको छ । मन्त्रालयका अनुसार देशभर सक्रिय सङ्क्रमितको संख्या ३० हजार ८ सय १८ पुगेको छ ।

पछिल्लो २४ घण्टामा १४ जना सङ्क्रमितको मृत्यु भएको छ । योसहित कोरोनाबाट मृत्यु हुनेको संख्या ६ सय १४ पुगेको मन्त्रालयले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको