११ मंसिर २०७८, शनिबार

समुदायस्तरमा कोरोना फैलिएपछि नाचन्थली क्षेत्र सिल



२४ असोज, डोटी । डोटी जिल्लाको सदरमुकाम सिलगढीस्थित वडा नम्बर ६ नाचन्थली क्षेत्र सिल गरिएको छ । उक्त वडाका समुदायमा कोरोना सङ्क्रमण पुष्टि भएपछि सिल गरिएको हो ।

दिपायल सिलगढी नगरपालिकामा आज बसेको आकस्मिक बैठकले थप कोरोना जोखिम हुन नदिन नाचन्थली क्षेत्र सिल गरिएको नगरप्रमुख मञ्जु मलासीले जानकारी दिइन् । उनका अनुसार नगरपालिकाले तत्काल नाचन्थली मोडबाट कालिका मन्दिरसम्मको क्षेत्र सिल गरिएको छ ।

सङ्क्रमित भएका व्यक्तिसँगको सम्पर्कमा आएका अन्य व्यक्तिको तथ्याङ्क सङ्कलन गर्न कर्मचारी खटाइएकोे नगरपालिकाले जनाएको छ । उक्त वडामा रहेको कृषि विकास बैंकमा कार्यरत एक व्यक्तिमा पनि कोरोना पुष्टि भएको छ ।

सङ्क्रमित व्यक्तिलाई घरमा आइसोलेट गरिएको बैंकका प्रमुख दीर्घबहादुर शाहले जानकारी दिएका छन् । पछिल्लो समय यहाँका समुदायमा समेत कोरोना देखिन थालेपछि सबै नागरिकलाई सावधानी अपनाउन नगरपालिकाले आग्रह गरेको छ । जिल्लामा हालसम्म एक हजारभन्दा बढी सङ्क्रमित फेला परेका छन् ।

(रासस)


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको