१९ श्रावण २०७८, मंगलवार

कोरोना संक्रमित शान्ता चौधरीलाई आइसियुमा राखियो



२४ असोज, काठमाडौं । स्वास्थ्य अवस्थामा सुधानर नदेखिएपछि कोरोना सङ्क्रमित नेकपा संसदीय दलकी सचेतक शान्ता चौधरीको आइसीयुमा राखिएको छ । श्वासप्रश्वासमा थप समस्या देखिएपछि शुक्रबार राति सघन उपचार कक्ष आइसीयुमा सारिएको चौधरीको सचिवालयले जनाएको छ ।

यहि असोज १९ गते कोरोना देखिएपछि उनको बीर अस्पतालमा उपचार भइरहेको छ ।
स्तन क्यान्सरबाट समेत पीडित चौधरीले भारतको नयाँदिल्लीमा उपचार गराएकी थिइन् । क्यान्सरको उपचारका लागि सरकारले उपलब्ध गराएको ५ लाख रूपैया बचेपछि उनले पुनः सरकारलाई नै फिर्ता गरेकी थिइन् ।

यसअघि सामाजिक सञ्जालमार्फत् चौधरीले आफूलाई श्वास फेर्न गाह्रो भएकाले फोन नगरिदिन आग्रह पनि गरेकी थिइन् । उनले आफ्नो स्वास्थ्य अवस्थाको सन्दर्भमा चासो र चिन्ता व्यक्त गर्ने सम्पूर्णलाई धन्यवाद दिदै आफ्नो स्वास्थ्य अवस्थाबारे सामाजिक सन्जालबाटै जानकारी दिने बताएकी छिन् ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु