३ आश्विन २०८०, बुधबार

नाङ्गो खुकुरी देखाएर मलेसियामा नेपाली लुट्ने गुण्डा ‘डेभिड’ पक्राउ



२४ असोज, काठमाडौं । विगत २० वर्षदेखि मलेसियामा नेपालीहरूलाई अपहरण गरेर लुट्दै आएका कुख्यात गुण्डा दुर्गा बहादुर श्रेष्ठ ‘डेभिड’पक्राउ परेका छन् । मेलेसियाबाट फिरौति मागेर नेपाल पैसा लिन आएका बेला केन्द्रिय अनुसन्धान ब्युरो (सिआइबी)ले मोरङको सुन्दर हरैचा स्थायी घर भएका गुण्डा ‘डेभिड’लाई पक्राउ गरेको हो ।

मलेसियाको स्थानीय ‘स्पाइडर’ ग्याङसँग आवद्ध ‘डेभिड’ स्थानीय गुण्डा र प्रहरीसँग मिलेर विगत २० वर्षदेखि निरन्तर आपाराधिक क्रियाकलापमा संलग्न थिए । उनले सैयौं नेपालीलाई अपहरण गरेर करोडौं असुलेको रहस्य उद्घाटन भएको छ ।

पैसा भएका नेपालीलाई छानी छानी अपहरण गर्ने, फिरौती माग्ने, महिलाहरूलाई यौन शोषण गर्ने ‘डेभिड’लाई पक्राउ गरेर हिरासतमा राखिएको केन्द्रिय अनुसन्धान ब्युरोका प्रवक्ता बेलबहादुर पाण्डेले बताएका छन् ।

मलेसियास्थित आफ्नै होटलमा काम गर्ने दाङका मद्म रैदासलाई अपहरण गरेर नेपालमा रहेकी उनकी श्रीमती अनिता रैदासलाई फिरौति असुल्न थालेपछि उनको अपराध श्रृङ्खलाको पर्दाफास भएको छ ।

रैदासकी श्रीमती अनिताले आफुलाई राति राति फोन गरेर १७ लाख पैसा नपठाए तिम्रो श्रीमान्लाई जेपनि हुनसक्छ भनेर धम्काउने गरेको बताइन् । उनले भनिन्, ‘पैसा नपठाउन्जेल श्रीमानसँग कुरा पनि गर्न दिएन । १२ लाख पठाए पछि मात्रै श्रीमानसँग कुरा गराएको थियो ।’ हिमालयन बैंकमार्फत् फिरौतिको विषय केन्द्रिय अनुसन्धान ब्युरो पुगेपछि अनिताले डेभिडका विरूरद्ध ‘अपहरण तथा शारीरिक बन्धक’ मुद्दा दर्ता गराइन् । केहि दिन अघि नेपाल आएर अनिताले जम्मा गरेको पैसा झिक्दै गर्दा सिआइबीको टोलीले उनलाई पक्राउ गर्यो । अहिले थप अनुसन्धानको क्रममा केन्द्रिय अनुसन्धान ब्युरोको हिरासतमा रहेका डेभिडको अपराधका दर्जनौैं पिडितहरू सम्पर्कमा आउन थालेका छन् ।

यो घटनासँगै विदेशमा नेपालीहरू नेपालीबाटै पिडित हुने गरेका तथ्य विश्वसनीय बनेको छ । डेभिडले असुल गरेको पैसा पिडितलाई भरपाई गराउन सकिने या नसकिने सन्दर्भमा कानुनी अनुसन्धान भइरहेको सिआइबीले जनाएको छ ।

(स्रोतः सिधाकुरा जनसँग टेलिभिजन कार्यक्रम)


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको