२३ जेष्ठ २०८०, मंगलवार

कोरोना सङ्क्रमित संख्या १ लाख नाघ्यो, मृतकको संख्या ६००



२३ असोज, काठमाडौं। गएको २४ घण्टामा देशभर थपिएका २ हजार ५९ सहित नेपालमा जम्मा कोरोना सङ्क्रमित संख्या १ लाख नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बिहिबार उल्लिखित संख्यामा सङ्क्रमण पुष्टि भएको बताए ।

काठमाडौं उपत्यकामा आज (शुक्रबार) १४ सय ९ जना कोरोना सङ्क्रमित थपिएका छन् । जसमध्ये काठमाडौंमा १११६, ललितपुरमा १६३ र भक्तपुरमा १३० जनामा सङ्क्रमण पुष्टि भएको प्रवक्ता गौतमले बताएका छन् ।

आज थपिएकासहित हालसम्मको सङ्क्रमित संख्या १ लाख ६ सय १७ पुगेको मन्त्रालयले जनाएको छ ।

आज देशका विभिन्न अस्पतालमा उपचाररत १ हजार ६८० जना भाइरस सङ्क्रमित कोरोना मुक्त भएर घर फर्किएका छन् । यो संख्यासहित हालसम्म कोरोनाबाट मूक्त हुनेको संख्या ७३ हजार २३ पुगेको छ । मन्त्रालयका अनुसार देशभर सक्रिय सङ्क्रमितको संख्या २७ हजार ५३ पुगेको छ ।

पछिल्लो २४ घण्टामा १० जना सङ्क्रमितको मृत्यु भएको छ । योसहित कोरोनाबाट मृत्यु हुनेको संख्या ६ सय पुगेको मन्त्रालयले जनाएको छ ।

त्यस्तै देशका विभिन्न प्रयोेगशालामा १३ हजार २७९ जनाको पिसिआर परिक्षण भएको छ । मन्त्रालयका अनुसार हालसम्म ११ लाख ४५ हजारको पिसिआर परिक्षण भएको छ ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको