२० जेष्ठ २०८०, शनिबार

प्रधानमन्त्रीका मुख्य सल्लाहकार, परराष्ट्र सल्लाहकार र प्रेस सल्लाहकार कोरोना मुक्त



२३ असोज, काठमाडौं । प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमाल, परराष्ट्र सल्लाहकार डा. राजन भट्टराई र प्रेस सल्लाहकार सूर्य थापा निकै छोटो अवधिमै कोरोना संङ्क्रमण मुक्त भएका छन् । प्रधानमन्त्रीका तिन वटै सल्लाहकारको पछिल्लो स्वाव परिक्षण रिपोर्ट नेगेटिभ आएको हो ।

सामाजिक सञ्जालमा लेख्दै प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले पछिल्लो रिपार्ट नेगेटिभ आएको बताएका छन् । सल्लाहकार थापाले कन्ट्याक्ट ट्रेसिङको क्रममा मुख्य सल्लाहकार र परराष्ट्र सल्लाहकारसहित आफ्नो परिवारका सदस्यको रिपार्ट पनि नेगेटिभ आएको उल्लेख गरेका छन् ।

उनले लेखेका छन्, ‘हामीले कोरोना सङ्क्रमण सात दिन बित्दा नबित्दै जित्न सकेका छौं । हामीप्रति शभेच्छा र सद्भावका निम्ति सबै महानुभावप्रति आभारी र कृतज्ञ छौं ।’
तर हिजो बिहिबार कोरोना सङ्क्रमितको संख्या एकाएक ४३६४ पुग्दा अवस्था थप भयावह बनेको छ ।

काठमाडौं उपत्कामा मात्रै २५४० सङ्क्रमित थपिदा विज्ञहरूले अब राजधानीका अस्पतालहरूले कोरोना सङ्क्रमित बिरामीहरूको उपचार धान्न सम्भव नुहने आकलन गरिरहेका छन् ।
देशभर सक्रिय सङ्क्रमितको संख्या २५ हजार नाघिसकेको अवस्थामा राज्यले थप कस्तो रणनीति कार्यान्वयनमा ल्याउला चौतर्फी चासोको विषय बनेको छ ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको