१० आश्विन २०७८, आईतवार

काठमाडौंमा २५४० सहित देशभर ४३६४ जनामा कोरोना पुष्टि



२१ असोज, काठमाडौं । गएको २४ घण्टामा देशभर थप ४ हजार ३ सय ६४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बिहिबार उल्लिखित संख्यामा सङ्क्रमण पुष्टि भएको बताए । यो संख्या हालसम्मकै सबैभन्दा बढि हो ।

काठमाडौं उपत्यकामा आज (बिहिबार)मात्रै २५ सय ४० जना कोरोना सङ्क्रमित थपिएका छन् । जसमध्ये काठमाडौंमा २०८५, ललितपुरमा ३२० र भक्तपुरमा १३५ जनामा सङ्क्रमण पुष्टि भएको प्रवक्ता गौतमले बताएका छन् ।

आज थपिएकासहित हालसम्मको सङ्क्रमित संख्या ९८ हजार ६ सय १७ पुगेको मन्त्रालयले जनाएको छ ।

आज देशका विभिन्न अस्पतालमा उपचाररत २६ सय ७५ जना भाइरस सङ्क्रमित कोरोना मुक्त भएर घर फर्किएका छन् । यो संख्यासहित हालसम्म कोरोनाबाट मूक्त हुनेको संख्या ७१ हजार ३४३ पुगेको छ । मन्त्रालयका अनुसार देशभर सक्रिय सङ्क्रमितको संख्या २६ हजार ६८४ पुगेको छ ।

पछिल्लो २४ घण्टामा १२ जना सङ्क्रमितको मृत्यु भएको छ । योसहित कोरोनाबाट मृत्यु हुनेको संख्या ५ सय ९० पुगेको मन्त्रालयले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको