१८ फाल्गुन २०७७, मंगलवार

वातावरणमैत्री विद्यालय बनाउन किरण सापकोटाको प्रेरणादायी अभियान



सुर्खेत वीरेन्द्रनगरका यी २९ वर्षिय युवा पोलियोको सङ्क्रमणका कारण सानै उमेरदेखि शारीरिक रूपमा अरुभन्दा फरक थिए । अरुले जसरी सहजै हिँड्न नसके पनि तिक्ष्ण बुद्धिका यी युवा सानै उमेरदेखि सामाजिक गतिविधिहरूमा सक्रिय थिए । विद्यालयमा हुने अतिरिक्त क्रियाकलापदेखि, समुदायस्तरमा बाल क्लवको गठन गर्नेसम्ममा सक्रियता देखाएका उनले सानै उमेरदेखि नै आफू शारीरिक रूपमा मात्र होइन मानसिक रूपमा पनि फरक छु भन्ने प्रमाणित गरिसकेका थिए ।

यो संसारमा जन्मने हरेक मानिस विशेष हुन्छन् । प्रत्येक मान्छेमा अरुभन्दा केहि फरक गुणहरू हुन्छन् । आफूमा अन्तरनिहित तिनै क्षमता र गुणहरू पहिचान गर्न सकेमात्र कुनैपनि मानिस सफल बन्न सक्छ । किरण किशोर सापकोटालाई पनि सानैदेखि यस्तै लाग्थ्यो । सुर्खेत वीरेन्द्रनगरका यी २९ वर्षिय युवा पोलियोको सङ्क्रमणका कारण सानै उमेरदेखि शारीरिक रूपमा अरुभन्दा फरक थिए । अरुले जसरी सहजै हिँड्न नसके पनि तिक्ष्ण बुद्धिका यी युवा सानै उमेरदेखि सामाजिक गतिविधिहरूमा सक्रिय थिए । विद्यालयमा हुने अतिरिक्त क्रियाकलापदेखि, समुदायस्तरमा बाल क्लवको गठन गर्नेसम्ममा सक्रियता देखाएका उनले सानै उमेरदेखि नै आफू शारीरिक रूपमा मात्र होइन मानसिक रूपमा पनि फरक छु भन्ने प्रमाणित गरिसकेका थिए । सामाजिक कार्यमा सानै उमेरदेखि बढेको चासो र सक्रियता आजपर्यन्त कायम छ ।

हाल मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा अर्थशास्त्रमा स्नातकोत्तर अध्ययन गरिरहेका सापकोटा विगत तीन वर्षदेखि भने सुर्खेत जिल्लाका सामुदायिक विद्यालयहरूलाई सफा र हराभरा बनाउने अभियानमा लागेका छन् । My Green & Clean School नाम दिएर सुरु गरेको उनको अभियानमा दर्जनौं स्वयंसेवीहरू जोडिएका छन् भने उनले हालसम्म सुर्खेत जिल्लाका विभिन्न स्थानहरूमा रहेका २९ वटा सार्वजनिक विद्यालयहरूमा सरसफाइ गर्नुका साथै बगैंचा निर्माण गरेका छन् । यो अभियानमा उनलाई स्थानीय युवाहरू, विद्यालयका शिक्षक कर्मचारी साथै विद्यार्थीहरूले श्रमदान गरी सहयोग गरिरहेका छन् । रेडक्रस, लियो क्लव, हिमाली पुस्तकालय जस्ता सामाजिक संस्थाहरूमा सक्रियतापूर्वक लागीरहेका सापकोटाको सामुदायिक विद्यालयमै काम गर्ने योजना कसरी बन्यो त ?

अधिकाँश विद्यालयहरू फोहोर थिए । चौरभरी कतै झार उम्रिएको र कतै उजाड थियो । विद्यालयहरू साँझ र बिदाको समयमा दुव्र्यसनीहरूका अड्डा बनिरहेका थिए । त्यसका लागि उनले आफै पहल गर्ने योजना बनाए । उनीसँग उच्च शिक्षा अध्ययनको लागि छात्रवृत्तिस्वरूप पाएको ३० हजार रुपैयाँ थियो । त्यसैबाट केहि बिरुवा, गोडमेल गर्ने औजार, तारजाली र मल किने । केहि साथीहरूको सहयोगमा वीरेन्द्रनगरस्थित सरस्वती प्राविमा पहिलो पटक बगैंचा निर्माण गरे र यसैबाट सुरु भयो My Green & Clean School अभियान । बगैंचा निर्माण गर्न लाग्ने खर्च उनले आफ्नी स्वर्गीय आमाले उनका लागि गरिदिएको बचत करिब दश लाख रुपैयाँबाट प्राप्त हुने ब्याजबाट जुटाइरहेका छन् ।

“२०७३ सालमा जिल्ला रेडक्रस अन्तर्गत भैरवस्थान उपशाखाको सदस्यको रूपमा काम गर्दा वीरेन्द्रनगरकै एक सामुदायिक विद्यालयमा अपाङ्गता भएकी एकजना बालिकासँग मेरो भेट भयो” सापकोटा सुनाउँछन । सापकोटाले अपाङ्गता भएकी बालिकाका लागि सहयोग जुटाउन केहि सामुदायिक विद्यालयहरूका प्रधानाध्यापकहरूसँग भेट्न गएँ तर ती बालिकालाई भेट्न नसके पछि एकजना अर्को अपाङ्गता भएको बालकलाई सहयोग गरें । अपाङ्गता भएका विद्यार्थीहरूलाई सहयोग गर्न गएका सापकोटाले त्यहाँ अर्को समस्या देखे । अधिकाँश विद्यालयहरू फोहोर थिए । चौरभरी कतै झार उम्रिएको र कतै उजाड थियो । विद्यालयहरू साँझ र बिदाको समयमा दुव्र्यसनीहरूका अड्डा बनिरहेका थिए । उनको मनमा लाग्यो, बालबलिकाहरूलाई सरसफाइ र रुख विरुवाको महत्वबारे सिकाउन विद्यालय सफा र हराभरा हुनु जरुरी छ । त्यसका लागि उनले आफै पहल गर्ने योजना बनाए । उनीसँग उच्च शिक्षा अध्ययनको लागि छात्रवृत्तिस्वरूप पाएको ३० हजार रुपैयाँ थियो । त्यसैबाट केहि बिरुवा, गोडमेल गर्ने औजार, तारजाली र मल किने । केहि साथीहरूको सहयोगमा वीरेन्द्रनगरस्थित सरस्वती प्राविमा पहिलो पटक बगैंचा निर्माण गरे र यसैबाट सुरु भयो My Green & Clean School अभियान । त्यसपछिका विद्यालयमा बगैंचा निर्माण गर्न लाग्ने खर्च उनले आफ्नी स्वर्गीय आमाले उनका लागि गरिदिएको बचत करिब दश लाख रुपैयाँबाट प्राप्त हुने ब्याजबाट जुटाइरहेका छन् ।

बगैंचा निर्माण गर्न जति चुनौतिपुर्ण थियो, त्यसको संरक्षण गर्न उति नै गाह्र्रो काम रहेको उनको बुझाइ छ । उनको विचारमा बालबालिकाहरूलाई सानैदेखि घर र अझ विषेश गरी विद्यालयमा प्रकृतिलाई प्रेम र संरक्षण गर्न सिकाइयो भने भविष्यमा उनीहरूले नै यो अभियानलाई निरन्तरता दिनेछन् । सुर्खेत लगायत कर्णाली प्रदेशका सम्पूर्ण सामुदायिक विद्यालयहरूलाई हराभरा बनाउने भिजन देखेका सापकोटा भोलीको पुस्ताले यो अभियानलाई निरन्तरता दिनेमा आशावादी छन् ।

२९ औं विद्यालयमा बगैंचा निर्माण गरिसकेर हाल उनी ती विद्यालयमा गोडमेल गर्न र झार उखेल्न व्यस्त छन् । बगैंचा निर्माण गर्न जति चुनौतिपुर्ण थियो, त्यसको संरक्षण गर्न उति नै गाह्र्रो काम रहेको उनको बुझाइ छ । सामुदियक विद्यालय त्यो समुदायकै सम्पत्ति हो, त्यसको संरक्षण गर्ने काममा समुदाय नै उत्तरदायी भएर लाग्नु पर्ने उनी बताउँछन । आफुले स्थापना गरेका बगैँचाहरूको संरक्षणको लागि प्रत्येक विद्यालयमा “ग्रीन क्लब” स्थापना गर्ने उनको योजना छ । विद्यालयका बालबालिकाहरूलाई सानैदेखि सरसफाइ र प्रकृतिप्रति जागरुक गराउन सकियो भने त्यसले दीर्घकालिन प्रभाव पार्छ भन्ने बुझेका सापकोटा रुख रोप्ने मात्र होइन, त्यससम्बन्धी जनचेतना फैलाउन पनि उत्तिकै सक्रिय छन् ।

विगत केहि वर्षदेखि सुर्खेतका काँक्रेबिहार, कुइनेपानी, कट्कुवा क्षेत्रमा एकल रूपमा वृक्षारोपण गरिरहेका उनी यो अभियानले लामो समयसम्म प्रभाव छोडोस् भनेर विद्यार्थीहरूबीच काम गर्ने चाहेको बताउँछन । उनको विचारमा बालबालिकाहरूलाई सानैदेखि घर र अझ विषेश गरी विद्यालयमा प्रकृतिलाई प्रेम र संरक्षण गर्न सिकाइयो भने भविष्यमा उनीहरूले नै यो अभियानलाई निरन्तरता दिनेछन् । सुर्खेत लगायत कर्णाली प्रदेशका सम्पूर्ण सामुदायिक विद्यालयहरूलाई हराभरा बनाउने भिजन देखेका सापकोटा भोलीको पुस्ताले यो अभियानलाई निरन्तरता दिनेमा आशावादी छन् ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु