पाँच दशकपछि ‘अमरकोश’को दोस्रो संस्करण प्रकाशन
२२ असोज, काठमाडौं । नेपाल प्रज्ञा–प्रतिष्ठानले ऐतिहासिक महत्वको ग्रन्थ ‘अमरकोश’को दोस्रो संस्करण प्रकाशन गरेको छ । विद्वद्वरामरसिंहविररचितः ‘अमरकोश’ ५१ वर्षपछि दोस्रो संस्करण प्रकाशन भएको हो ।
साहित्यकार बालकृष्ण सम प्रतिष्ठानमा उपकुलपति भएका बेला विसं २०२६ मा सो ग्रन्थको प्रथम संस्करण प्रकाशन भएको थियो ।
प्रतिष्ठानका उपकुलपति डा जगमान गुरूङले महत्वपूर्ण ग्रन्थ आवश्यकताका आधारमा पुनः प्रकाशन गर्ने नीतिअनुसार पं कुलचन्द्र शर्मा गौतम टीकाकार रहेको ‘अमरकोश’को दोस्रो संस्करण प्रकाशनमा ल्याइएको जानकारी दिए । उनले यस ग्रन्थबाट भाषा र कोशविज्ञानका अनुसन्धाताका साथै अन्य विषयका अध्येतासमेत लाभान्वित हुने बताए ।
जम्मा ६८८ पृष्ठको ‘अमरकोश’को मूल्य ७८० छ । प्रतिष्ठानले आफ्ना कृतिहरू सातै प्रदेशमा बिक्री वितरणका लागि मकालु प्रकाशनलाई अख्तियारी दिएको छ ।
(रासस)