१६ आश्विन २०८०, मंगलवार

आफु हुर्किएको घर मर्मतमा जुटे बाबुराम भट्टराई



२२ असोज, काठमाडौं । पूर्वप्रधानमन्त्री एवम् जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराई गोरखास्थित आफु हुर्किएको घरको मर्मत सम्भारमा जुटेका छन् ।

वि.सं. २०७२ वैशाखको भूकम्पले क्षति पुगेको घरको रेट्रफिटिङ्गमार्फत सबलीकरण अन्तिम चरणमा पुगेको छ ।

सामाजिक सञ्जाल फेसबुकमा घरमा मर्मत हुँदै गरेका केहि तस्बिरहरू सार्वजनिक गर्दै बाबुरामले लेखेका छन्, ‘अर्को वर्षको दशैं गाउँमै मनाउने निधो गरियो । पैतृत घरको सबलीकरण (रेट्रफिटिङ्ग) अन्तिम चरणमा !’

भट्टराईका बुवाले वि. सं. २०१४ सालमा यो घर निर्माण गरेका थिए । लगभग बाबुरामकै उमेरको यो घर सबलीकरण पछि अहिले तङिग्रीएको छ ।

तस्बिरहरू :


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको