४ आश्विन २०७८, सोमबार

ललितपुर महानगरका मेयर चिरीबाबु कोरोना मुक्त



२१ असोज, काठमाडौं । ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जन कोरोना सङ्क्रमण मुक्त भएका छन् ।

यही असोज ८ गते ज्वरो आउने र खोकी लाग्ने समस्या भएसँगै पाटन अस्पतालमा स्वाब परीक्षण गराउँदा शुक्रबार उनलाई कोरोना पोजेटिभ देखिएको थियो ।

असोज ९ देखि १५ गतेसम्म निजी निवासमा आइसोलेशनमा रहेका महर्जनको छातीमा समस्या देखिएपछि १६ गते सानेपाको स्टार अस्पताल भर्ना गरिएको थियो ।

आज दिउँसो ४ बजे मेयर महर्जनको नतिजा नेगेटिभ आएको उनका स्वकीय सचिव इन्द्र वज्राचार्यले जानकारी गराए । स्वकीय सचिव वज्राचार्यका अनुसार अब मेयर महर्जन छिट्टै महानगरपालिका कार्यालयमा उपस्थित हुनेछन् ।

मङ्गलबार मात्रै गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जन र सोमबार महालक्ष्मी नगरपालिकाका मेयर रामेश्वर श्रेष्ठ कोरोना सङ्क्रमण मुक्त भएका थिए ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको