१६ फाल्गुन २०७७, आईतवार

जाजरकोटको औलखोलामा जीप खस्यो, वडाध्यक्षसहित ६ को मृत्यु



२१ असोज, काठमाडौं । जाजरकोटको औलखोलामा जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । जुनीचाँदे गाउँपालिका वडा नम्बर १ औलखोला नजिक जिप बुधबार दिउँसो २ बजे दुर्घटना भएको हो ।

जाजरकोटको सदमुकामदेखि जुनीचाँदे गाउँपालिका कार्यालय जाँदै गरेको भे १ ज ९३५ नम्बर प्लेटको जीप सडकदेखि करिब ५०० मिटर तल औलखोलामा खसेको हो ।

दुर्घटनाको खबर पाएलगत्तै घटनास्थल पुगेको प्रहरीले वडाध्यक्षसहित ६ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा जुनीचाँदे गाउँपालिका १ का अन्दाजी ६५ वर्षीय बुद्धी बहादुर शाही, जुनीचाँदे ५ की मालिका बस्नेत, सोही वडाका २८ वर्षीय कृष्ण बहादुर शाही, वडा ११ का वडाअध्यक्ष अम्मर बहादुर शाही र ३० वर्षीय खिमबहादुर शाही रहेको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरिक्षक राजेशनाथ बास्तोलाले बताए ।

उपरिक्षक बास्तोलाले घटनाबारे थप खोजी तथा अनुसन्धान भइरहेको बताए ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु