हजुरआमाको भोगाई र कोरोना महामारी

सीता बोहरा
२१ आश्विन २०७७, बुधबार
कोभिड–१९ अर्थात् कोरोना भाइरसले विश्वको गतिविधिलाई प्रत्यक्ष प्रभाव पारिरहेको छ । विश्व दौडिरहेको रफ्तारमा सुस्त ब्रेक लागेको अवस्था छ । हुनत यस्ता महामारी पहिले नआएका भने होइनन् । तर पनि विगतको समयमा आएका महामारीहरू र कोरोना भाइरसलाई फरक नजरले हेरिएको छ ।
संसारमा धेरै महामारीहरू आए । हामीले अहिले देखेको तथ्यहरूलाई हेर्दा सुरुवातमा चीनमा देखा परेको यो भाइरस विश्वभर फैलियो । विश्वमा सारा मेडिकल सेक्टर, सैन्य प्रयोग गर्दा पनि तवाहतवाह बनायो । विश्वका धेरै मुलुकले आफ्नो हवाई यातायात बन्द गरे । कयौं देशमा लकडाउन गरे, कफ्र्यु समेत लाग्यो । यसले विश्वको शक्तिशाली राष्ट्रलाई घुडाँ टेकाएको छ । भगवान, परमेश्वर, अल्लाहमा विश्वास गर्नेहरूले यस्ता रोग व्याधीहरू पापको घडा भरिएपछि आउने विश्वास गर्छन् ।
विज्ञानमा विश्वास गर्नेहरू प्रकृतिमाथिको दोहनले भाइरस फैलिएको विश्वास गर्छन् । ईशाकोे दोस्रो शताब्दीमा ठुलो महामारि फैलियो, कयौंको ज्यान गयो । ईशाको छैठौ शताब्दीमा प्लेगले युरोपको करिब आधा जनसङ्ख्या सखाप पार्यो जनावरबाट सङ्क्रमण भएको भनिन्छ । रोमन साम्राज्यमा तवाह मच्चायो । तेह्रो शताब्दीको व्ल्याक डेथले एसिया र युरोपमा २५ मिलियन मानिसको मृत्यु भयो । त्यतिबेला धेरैले धर्ममा विश्वास गर्ने भएकाले भगवानको सजायका रूपमा लिइयो । स्पानिस फ्लु, एसियन फ्लु, बर्ड फ्लु, स्वाइन फ्लु जस्ता धेरै महामारी आयो ।
हुनत महामारी पनि समाज कै उपज हो । समाजमा हुने गतिविधिका कारण यस्ता महामारी आइरहने र मान्छेले त्यसलाई जितिरहेकै अवस्था छ । तर आज समाजको महत्वपूर्ण हिस्सा, बुजु्रक हामी उहाँहरूलाई वृद्ध, जेष्ठ नागरिक भन्छौं । उहाँहरू कोरोना भाइरसलाई कसरी बुझ्नु भएको छ, हेर्नु भएको छ । उहाँहरूको विगतको जीवनकालका महामारी र यसमा के अन्तर छ भन्ने विषयमा चाख लागेर हजुरआमाहरू (मेरो ८५ वर्षिय ईन्द्रकला बोहरा र श्रीमान्को हजुरआमा ८४ वर्षिय द्रौपती भुगाई) सँगको कुराकानी गरेकी थिए त्यसैलाई छोटकरीमा लेख्न मन लाग्यो ।
धार्मिक सोचः
पापको घडा भरियो त्यसैले भगवानले नै मानिसलाई दिक्षा दिएका हुन्, सचेत बनाएका हुन् । जव बाबुले छोरीको बलात्कार गर्छ, नरपिचास जस्ता पुरुषहरू नारीको अस्मिता लुट्छन् । हत्या गर्छन् । बालबालिका, महिला बिक्री हुन्छन् । नर नारी कसैको मान मर्यादा छैन । सम्पत्ति र पैसाको पछि सबै दौडेका छन् । पैसाका लागि भाइले दाई काट्छन्, छोराले बाबु । त्यसैले पापको घडा भरियो अनि भगवानले नै यस्तो महामारी ल्याएका हुन् ।
समाजमा कुकर्म बढ्दै गयो, कलियुग आउन थाल्यो । पापको घडा भरियो त्यसैले भगवानले नै मानिसलाई दिक्षा दिएका हुन्, सचेत बनाएका हुन् । जव बाबुले छोरीको बलात्कार गर्छ, नरपिचास जस्ता पुरुषहरू नारीको अस्मिता लुट्छन् । हत्या गर्छन् । बालबालिका, महिला बिक्री हुन्छन् । नर नारी कसैको मान मर्यादा छैन । सम्पत्ति र पैसाको पछि सबै दौडेका छन् । पैसाका लागि भाइले दाई काट्छन्, छोराले बाबु । त्यसैले पापको घडा भरियो अनि भगवानले नै यस्तो महामारी ल्याएका हुन् । यदि यसबाट पनि मानिस सचेत भएन भने पृथ्वीको प्रलय हुन्छ ।
महामारी र अछुत
हजुरआमाका पालामा विफर आयो । विफरले गाउँ नै सोत्तर पार्यो । त्यस्तै दादुरा, औलो, हैंजा, झाडापखालाले कयौंले सन्तान त कयौंले अभिभावक गुमाए । हजुरआमाको २ सन्तान पनि हैजाले लग्यो । आमा र बहिनीलाई दादुराले लग्यो । गाउँघरमा गाली गर्नु पर्यो भने हैजाले लगोस् भनेर सराप्थे । त्यतिबेला रोग लागेकालाई घरमै राखेर स्याहार गर्थे । अहिले कोरोना भएकालाई छुन मिल्दैन । घर, परिवारबाट टाढा आइसोलेशनमा राख्छन् ।
छुनै नहुने रोग आयो । पहिले पहिले अछुत जातलाई छुन हुदैन भन्थे । अहिले नछुने जात छैन सबैलाई छुन हुन्छ तर कोरोना लागेकोलाई छुन हुदैन भन्छन् । यो पुरानो जाति प्रथाको झल्को लगाउने खालको छ । टाढैबाट नमस्कार गर्नु पर्ने भयो । अहिले छुत अछुतको सामाजिक मान्यता हराउँदै गयो अव रोगले व्यक्ति व्यक्तिलाई अछुत बनायो । सबैले माक्स लागाउने हुनाले मान्छे चिन्नै गाह्रो छ भगवानले मुख हेर्न नहुने श्राप दिए जस्तो ।
पहिलो पटक मास्क लगाउँदाको अनुभव
८५ वर्षको उमेरसम्म हजुरआमाले माक्स लगाउनु भएको थिएन । यस पटक भने अस्पताल र बैंक जाँदा २ पटक माक्स लाउनु पर्यो । हजुरआमा माक्सलाई मुखेलो भन्नु हुन्छ । खेतबारी जोत्दा पहिले पहिले, अहिले पनि गाउँघरमा गोरुलाई जोत्नेबेला एक प्रकारको सानो डोको जस्तो मुखमा लगाइन्छ । हजुरआमालाई मास्क ठ्याक्कै त्यस्तै लाग्छ । गोरुले बाली खाला, घाँसतिर मुन्टो जोत्ला भनेर मुखेलो लगाइन्थ्यो भने अहिले मान्छेलाई रोग सर्ला भनेर लाउँदारैछन् भन्नुहुन्छ । माक्स लाउँदा हजुरआमालाई लाज पनि लाग्यो । माक्स पनि थरिथरिका उहाँलाई सेता, आकासे रङका भन्दा रङ्गिन माक्स मन परे ।
घरमा आफन्त शुन्य, आफन्तकोमा जान बन्द
आफन्तसँग आजभोली फेसबुक, ह्वाट्स एप र मोवाइलमा कुरा हुन्छ । हजुरआमा दिनमा एक पटक छोरा, छोरी, नाति नातिनिसँग अनुहार हेरेरै कुरा गर्नु हुन्छ मोवाइलैबाट ।
यसपालिको चैते दशैदेखि, तिज र अन्य चाडपर्व सबैमा घरमा कोहि आफन्त आएनन् बोलाइएन पनि । आफ्नै छोरा छोरी, नाति नातिनी बाहिर बजार वा काममा गएभने चोख्खिएर मात्र घरका अन्य सदस्यलाई छुन मिल्छ । हजुरआमाको भनाईमा चोखिनु भनेको हात खुट्टा धुने, नुहाउने हो । पहिलेको सामाजिक मान्यतामा फरक आएको छ । आफन्तसँग आजभोली फेसबुक, ह्वाट्स एप र मोवाइलमा कुरा हुन्छ । हजुरआमा दिनमा एक पटक छोरा, छोरी, नाति नातिनिसँग अनुहार हेरेरै कुरा गर्नु हुन्छ मोवाइलैबाट ।
सेनिटाइजर
हजुरआमा पेन्सन थाप्न, बृद्ध भत्ता लिन बैंकको लामो लाइन बस्नु भयो । लाइनमा खचाखच नै थियो जति डराए पनि एकको सास अर्कोको मुखसम्म आउथ्यो । माक्स लगाउँदा लगाउँदा स्वास नै थुनिएको जस्तो हुँदा होला सबैले च्यापुमा माक्स लाउथे । बेला बेलामा प्रहरी, गार्डलाई देख्दा माक्स नाकको डाडीमा अड्याउथे । बैक भित्र छिर्दा सबैले हात थाप्थे । हातमा गार्डले सेनिटाइजर भन्ने गन्हाउने झोल हाल्दिन्थे त्यसपछि सबै हात मिच्दै भित्र छिर्छन् ।
घरमा पनि त्यस्तै कहिले काहि यसो छिमेकी नै आँगनमा आए पनि हात पर्साछन् । सुर्ती खानेले सुर्ती मागे जसरी । घरमा छिर्ने ढोकै नजिक सेनिटाइजर राखिएको छ । घरका मानिस बाहिर गएपछि भित्रदा चोखिने सुनपानी जस्तो सेनिटाइजर । घाँस काटेर आउँदा पनि सेनिटाइजर नै लगाउँछन् । त्यस्तै हात धोको धोई । खोई कस्तो रोग हो ।
अब नाति नातिनी, छोरा, बुहारी काममा जान थालेका छन् । उनीहरू बाहिरबाट आएपछि लुगा फेर्ने, सके नुहाउने नसके हात, खुट्टा, मुख धुने सावुन पानीले अनि सेनिटाइजर लगाउँछन् ।
मन्दिर, विद्यालय बन्द
यस्तो बेलामा मन्दिर प्राय बन्द भएको देख्दा भगवान पनि कोरोनासँग डराएका हुन् कि वा भाइरस पठाएर आफू लुकेका हुन् हजुरआमालाई पत्तो छैन । हजुरआमालाई यति बेला आएको कोरोना भाइरस पठाउने काम भगवानको खेल भएकोले सच्चा भक्तलाई पनि मार परेको जस्तो लागेको छ ।
यस्तो बेलामा मन्दिर प्राय बन्द भएको देख्दा भगवान पनि कोरोनासँग डराएका हुन् कि वा भाइरस पठाएर आफू लुकेका हुन् हजुरआमालाई पत्तो छैन । हजुरआमालाई यति बेला आएको कोरोना भाइरस पठाउने काम भगवानको खेल भएकोले सच्चा भक्तलाई पनि मार परेको जस्तो लागेको छ । घर छेवैको मन्दिर पनि बन्द छ ।
हजुरआमालाई दुई वर्षे दुधे बालकलाई विद्यालय पठाएको कत्ति मन परेको छ्रैन । ५ बर्ष पुरा भएपछि विद्यालय पठाउनु पर्नेमा २ वर्ष नपुग्दै विद्यालय पठाउनाले ती अवलाहरूको पनि श्राप परेको छ भन्नुहुन्छ । त्यसैले त विद्यालय खुल्न पाएनन् ।
व्यापार पनि चौपट भयो नि भन्दा हजुरआमा भन्नुहुन्छ, कालाबजारी कति भए भए, राज्यलाई कर छले त्यसको सजाए भो ।
गुर्जो, बेसार र तातो पानी
उहिले उहिले गुर्जो त्यतिकै फालिन्थ्यो । मोटोमोटो लहरा तानेर सुकाएर जाडोमा दाउरा बालिन्थ्यो । त्यो लहरे झारको रूपमा थियो । रुखमा मौलाउने हुँदा उम्रँदै उखलेर फालिन्थ्यो । ८५ वर्षको उमेरसम्म गुर्जो औषधीको रूपमा प्रयोग गरिएको थाह थिएन । औषधी हुन्छ भन्ने थाह थिएन । बेसार पानी, तातो पानी पनि यतिबेलै खाने बानी लाग्यो हजुरआमालाई ।
योगा, ध्यान, व्यायाम
हजुरआमा भन्नुहुन्छ, कहिले पनि योगा नगर्ने छोरा, बुहारी योगा गर्न ५ बजे उठेर जान्छन्, नाती नातिनी योगा, ध्यान गर्छन, म पनि बिहान र साँझ हिड्ने गरेको छु । यो महामारीले पुराना मूल्य मान्यतामा फेरबदल ल्याएको छ । विकसित देशबाट विकासशिल देशले सिको गर्ने आम कुरा हो तर अहिले नमस्कार गर्नु, प्राकृतिक जडिबुटि सेवनको सिको विकसित समाजले गरिरहेको तथ्यहरू बाहिर आइरहेका छन् ।
एक अर्कामा भौतिक दूरी कायम राखी गफगाफ गर्ने, विभिन्न जङ्गली जडीवुटीहरूको सेवन गर्ने र योग, ध्यान, प्रणायाम गर्ने मानिसको सङ्ख्या बढे जस्तो देखिन्छ । हजुरआमा भन्नुहुन्छ, कहिले पनि योगा नगर्ने छोरा, बुहारी योगा गर्न ५ बजे उठेर जान्छन्, नाती नातिनी योगा, ध्यान गर्छन, म पनि बिहान र साँझ हिड्ने गरेको छु । यो महामारीले पुराना मूल्य मान्यतामा फेरबदल ल्याएको छ ।
कोरोना सङ्क्रमित त सङ्क्रमित भैहाले, सङ्क्रमित नभएका मानिसहरूमा पनि मनमा चैन छैन । बच्चादेखि बुढासम्म कोरोनाको नाम दिनमा एक पटक उच्चारण नगर्ने सायदै होलान् । मौसम परिवर्तन हुँदैछ । अलिकति रुघा लाग्यो, शरिर तातियो भने घरका सबैको टाउको तातिन्छ कोरोना नै हो कि भनेर । मान्छेलाई मनको बाघले चिथोरेको चिथरै छ ।
विश्वका हरेक देशमा रहेका समाजका सामाजिक सांस्कृतिक मूल्य मान्यताहरू फरक फरक छन् । हाम्रो पुर्विय मान्यता पश्चिमबाट चोखो छैन । विकसित देशबाट विकासशिल देशले सिको गर्ने आम कुरा हो तर अहिले नमस्कार गर्नु, प्राकृतिक जडिबुटि सेवनको सिको विकसित समाजले गरिरहेको तथ्यहरू बाहिर आइरहेका छन् । बाढी पहिरोले पनि विश्वमा धेरै मरे, भुकम्प, सुनामी आयो, नागासाकी र हिरोसिमालाई आणविक बम खसाली ध्वस्त पारियो, धेरै महामारी, रोगव्याध आयो तर एकै पटक विश्व नै आक्रान्त कोभिड–१९ ले पारेको तथ्य छ । तर ती महामारी, घटना, मृत्यु सबैले देख्न पाएनन् । महशुस गरेनन् । अहिलेको कोभिड–१९ महामारीले विश्वका सबैलाई एकैसाथ त्रसित बनायो, बनाइरहेको छ ।
(लेखक बोहरा त्रिभूवन विश्वविद्यालय अन्तर्गत रहेको सरस्वति बहुमुखी क्याम्पसमा शिक्षण सहायकका रूपमा कार्यरत छन् ।)