१३ कार्तिक २०७७, बिहीबार

‘गो ग्रीन कात्तिके’ होमस्टे मालिक २२ वर्षीय बासु पाख्रिन



यमुना राना

२० असोज, काठमाडौं । एम. बिबिएसको तयारीमा रहेका काठमाडौंको शंखरापुर नगरपालिका वडा नम्बर ३ का २२ वर्षीय बासु पाख्रीन कोरोना महामारी पछी घरमै बस्दै आएका थिए । नेपालमा सङ्क्रमण देखिन थालेपछि सरकारले गत चैत्र ११ देखी देशभर पुर्ण रूपमा लकडाउन गरेपछि घरमै थन्किएर बस्नु सबैको बाध्यता थियो ।

तर होमस्टे सञ्चालक बासु भने लकडाउनको सुरुका २ महिना पछि अर्थात् जेठ अन्तिमबाटै आफ्नै घरमा सञ्चालनमा रहेको ‘गो ग्रीन कात्तिके होमस्टे एन्ड रिसोर्ट’मा जाने पाहुनाहरूको सेवामा लागे ।

२०७४ सालदेखी सुरू गरिएको होमस्टेमा जाने पाहुनाहरू बढ्दै गइरहेकोमा कोरोना महामारीले २ महिना भने ठप्प बनायो । त्यसपछि भने लकडाउनका कारण घर खर्च चलाउन गाह्रो परिरहेकै बेला अनलाइनमार्फत् बुकिङ हुन थालेपछि जेठबाट स्वास्थ्य सुरक्षाका मापदडण्ड पालना गरी फेरी सेवा सुरु गरिएको पाख्रीनले बताए । लकडाउन कायमै रहेको हुँदा पाहुनाहरू भने न्युन संख्यामा आउने गरेको पाख्रिनले बताए ।

यो समय पाहुनाहरू घुम्नको लागी जाने उपयुक्त सिजन भएपनि महामारीको कारण यसअघी भन्दा निकै कम संख्यामा पाहुनाहरू आउने गरेका छन् । तर खाली बस्न नपरेकोमा सन्तुष्ट छन पाख्रीन ।

उनको यो होमस्टे पर्यटकीय स्थल नगरकोट जाने बाटोमा पर्छ । साँखु बाट करिब ७ किलोमिटरको दुरीमा रहेको होमस्टे जाँदा साँखु पालुबारी हुँदै जंगलको बाटो कटेपछि कात्तिके भन्ज्याङ गाँउ आउँछ । उनको होमस्टे गाउँको पश्चिमपट्टिको पाखोमा पर्छ । हाल नगरपालिकाले दुष्यावलोकनको लागी उनकै होमस्टे माथीको डाँडोमा भ्यु टावर पनि निर्माण गरेको छ ।

विशेषगरी सहरमा हुर्किएकाहरू सुर्य उदाएको, अस्ताएको र हिमालको दृष्य हेर्न टाढाटाढा पुग्ने गर्छन् । तर राजधानीको यो ठाँउबाट पनि यी सबै दृष्यावलोकन गर्न सकिने हुँदा पछिल्लो समय धेरैको रोजाईमा कात्तिके भन्ज्याङ गाँउ पर्ने गरेको छ । यसकारण पनि गाँउ नै हाल पर्यटकिय स्थलको रूपमा विकास भइरहेको छ । होमस्टेदेखी सुविधासम्पन्न होटेल रेष्टिुरेन्ट पनि गाउँमै खुलेका छन् ।

तर मौलिकपनको खोजीमा हुनेहरूको रोजाइमा होमस्टे पर्ने गरेको छ । कति मानिस आफ्ना पुराना याद ताजा बनाउन अर्थात् घरको याद मेटाउन त कत्ति मानिस नयाँ अनुभवका लागी होमस्टे पुग्ने गर्छन् ।

विशेष गरी हप्ताभरी काम गर्ने उपत्यकाबासी छोटो विदा मनाउन परिवार, साथीभाई, प्रेमी र पे्रमीकाकासाथ त्यहाँ पुग्छन् । पैदलयात्री साइक्लिङ गर्न रूचाउने र विदेशी पर्यटक पनि त्यहाँकापाहुना हुन् । कात्तिकेको नजिकै रहेको देउराली डाँडामा प्याराग्लाइडिङको पनि सुरूवात भएपछि पर्यटकहरूको चहलपहल झनै बढ्न थालेको छ ।

होमस्टे सञ्चालक बासुले आफुले स्वास्थ्यकर्मी बनी आफ्नो समाजको सेवा गर्ने र आफु होमस्टे सञ्चालक बासुले आफुले स्वास्थ्यकर्मी बनी आफ्नो समाजको सेवा गर्ने र आफु जन्मिएको ठाँउमा एउटा अस्पताल खोल्ने सपना देखेका छन् । ‘तर हुर्किएपछि छोराले कमाउनु पर्ने र घर सम्हाल्नु पर्छ भन्ने सामाजिक मान्यताले पढाई सँगसँगै होमस्टे सुरू गरेको हुँ ।’ पाख्रीनले भने ।

उनले सुरू गरेपछि हाल कात्तिके भन्ज्याङ र नजिकै रहेको बोझीनीमा करिब १२ परिवारले होमस्टे सञ्चालनका लागी नगरपालिकाबाट अनुमति लिएका छन् । केही सञ्चालनमा छन् भने केही सञ्चालनको तयारीमा छन् । होमस्टेको भविष्य राम्रो देखेका बासुले पाहुनाहरूको चाहनालाई उच्च प्राथमिकतामा राखेर सेवा सुविधा दिने गरिएको बताए । उनका अनुसार त्यहाँ पुग्ने पाहुनाहरूले विशेष गरी लोकल कुखुराको मासु र ढिँडो अनि गुन्द्रुकको अचार मन पराउँछन् ।

त्यस्तै साइक्लिङ गर्न रूचाउनेहरूको लागी पनि उनको होमस्टेले सुविधा दिने गरेको छ । तर त्यसको लागी भने अगाडीनै बुक गर्नुपर्ने उनले बताए ।

विशेषगरी नेपालमा विभिन्न जाति र ठाँउ विशेष रूपमा होमस्टेहरू सञ्चालनमा छन् । तामाङ समुदायको बसोबास रहेको कात्तिके भन्ज्याङमा रहेका होमस्टेले हालसम्म मौलिक खानपानलाई मात्रै आफ्नो सेवामा राखेका छन् । पाख्रिनले आफ्ना जातिमा रहेका मौलिक परम्परा, संस्कृति, रहनसहन र खानपान तथा जिवनशैलीलाई झल्काउने गरी सेवा सुविधाहरू थप्दै जाने योजना बनाएका छन् ।

साथै होमस्टेमा जाने व्यक्तिहरूले स्थानीय स्तरमा उत्पादित अर्गानिक खाने कुराहरू रोज्ने गरेका छन् । स्थानियस्तरमै उत्पादित विषादी प्रयोग नभएको वस्तुहरू प्रयोग गरेपनि रसायनिक मलहरू प्रयोग भइरहेकोले अब निकट भविष्यमा सबै शुद्ध अर्गानिक उत्पादनमा पनिध्यान दिने बासुले बताए ।

अन्य होटल र रिसोर्टहरूको तुलनामा सस्तो पनि पर्नेे हुँदा मानिसहरूले होमस्टे रोज्ने गरेको छन् ।

व्यवस्थित होटल, लज नभएको स्थानमा होमस्टे विकल्प हो । विशेषगरी नेपालको ग्रामिण क्षेत्रमा प्रचलनमा रहेका होमस्टेले स्थानीय पर्यटन प्रवद्र्धन गर्न महत्वपूणै भूमिका निर्वाह गरेका छन् । स्थानिय तहहरूले होमस्टेलाई करको दायरामा ल्याउने मात्र होइन विकास प्रवद्र्धन गर्न पनि सहयोग गर्न सक्नुपर्छ ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु