१९ जेष्ठ २०८०, शुक्रबार

देशभर १५५१ जनामा कोरोना पुष्टि, सङ्क्रमित संख्या ९० हजार नाघ्यो



२० असोज, काठमाडौं । गएको २४ घण्टामा देशभर थप १५ सय ५१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले उल्लिखित संख्यामा सङ्क्रमण पुष्टि भएको बताए ।

काठमाडौं उपत्यकामा आज (मंगलबार) मात्रै १ हजार १७ जना कोरोना सङ्क्रमित थपिएका छन् । जसमध्ये काठमाडौंमा ७३८, ललितपुरमा ११८ र भक्तपुरमा ११६ जनामा सङ्क्रमण पुष्टि भएको प्रवक्ता गौतमले बताएका छन् ।

आज थपिएकासहित हालसम्मको सङ्क्रमित संख्या ९० हजार ८ सय १४ पुगेको मन्त्रालयले जनाएको छ ।

आज देशका विभिन्न अस्पतालमा उपचाररत २ हजार ३४० जना भाइरस सङ्क्रमित कोरोना मुक्त भएर घर फर्किएका छन् । यो संख्यासहित हालसम्म कोरोनाबाट मूक्त हुनेको संख्या ६७ हजार ५४२ पुगेको छ । मन्त्रालयका अनुसार देशभर सक्रिय सङ्क्रमितको संख्या २२ हजार ७०९ छ ।

पछिल्लो २४ घण्टामा ९ जना सङ्क्रमितको मृत्यु भएको छ । योसहित कोरोनाबाट मृत्यु हुनेको संख्या ५ सय ६३ पुगेको मन्त्रालयले जनाएको छ ।

मगलबार देशका विभिन्न प्रयोगशालाहरूमा ११ हजार बढिको पिसिआर परिक्षण भएको छ ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको