१२ फाल्गुन २०७७, बुधबार

वरिष्ठ हाँस्य अभिनेता हरिवंश आचार्य दम्पतीलाई कोरोना पुष्टि



२० असोज, काठमाडौं । वरिष्ठ हाँस्य अभिनेता हरिवंश आचार्यलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । सामाजिक सञ्जालमा लेख्दै आचार्यले आफु र आफ्नो पत्नी रमिलालाई कोरोना देखिएको बताएका छन् ।

सोमबार स्वाब दिइएकोमा मंगलबार रिपोर्ट पोजेटिभ आएको आचार्यले बताएका छन् । कोरोना देखिए पनि हालसम्म हरिवंश र रमिला दुबैको स्वास्थ्य अवस्था सामान्य छ ।

उनले फेसबुकमा लेखेका छन्, ‘सामान्य लक्षण देखिएकाले हिजो मेरो र श्रीमती रमिलाको पिसिआर परिक्षण गरेका थियौं । हामी दुवैको कोरोना सङ्क्रमण पुष्टि भएको रिपोर्ट आज आयो ।’

आचार्यले आफुहरूसँग सम्पर्कमा रहेका सबैलाई होम आइसोलेशनमा बस्न र कोरोना परिक्षण गराउन आग्रह गरेका छन् ।

सम्पूर्णको माया, आशिर्वाद र शुभेच्छाले आफुहरू छिट्टै कोरोनालाई जित्न सफल हुने विश्वास पनि हरिवंशले लिएका छन् ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु