२२ जेष्ठ २०८०, सोमबार

अन्तत प्रदेश ५ को राजधानी दाङको देउखुरी, दुई तिहाई सांसदले खसाले मत



२० असोज, काठमाडौं । दुई तिहाई सांसदको मतसहित अन्तत ५ नम्बर प्रदेशको स्थायी राजधानी दाङको देउखुरी रहने भएको छ ।

दाङको भालुवाङलाई राजधानी प्रस्ताव गरिएकोमा सांसदहरूले नै विरोध जनाएपछि मंगलबार प्रदेशसभामा मतदानमार्फत् स्थायी राजधानीको टुङ्गो लगाइएको हो ।

देउखुरी राजधानी राख्ने पक्षमा ६९ र विपक्षमा १३ मत खसेको बताइएको छ । विपक्षी दल नेपाली कांग्रेसका सांसदहरूले विपक्षमै मतदान गरेका छन् । कांग्रेसका १९ मध्ये ५ जनाले भने दाङको पक्षमा नै मतदान गरेका छन् । प्रदेशसभामा नेकपका मात्रै ६१ जना सांसदहरू छन् ।

प्रदेशसभाका जम्मा ८७ जनामध्ये ८२ जनाले मतदान गर्दा दाङको पक्षमा ६९ मत खसेको हो ।
दाङको राप्ती गाउँपालिकाको भालुवाङ बजार बुटवलदेखि १०० किलोमीटर पश्चिममा पर्छ । यसरी हेर्दा प्रदेश ५ को राजधानी १०० किलोमीटर टाढा सरेको छ ।

संरचना स्थायी भएपनि लामो समयदेखि अस्थाई राजधानी बुटवलबाट बिना नाम चलिरहेको प्रदेश नम्बर ५ को नाम र ठाउँ दुबै स्थायी भएको छ । अब आम मान्छेले प्रदेश नम्बर ५को स्थायी नाम लुम्बिनी र राजधानी दाङको देउखुरी भनेर चिन्नेछन् ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको