मुस्ताङमा पाक्यो स्याउ, बजार पठाउने तयारीमा जुटे किसान
२० असोज, मुस्ताङ । हीमाली जिल्ला मुस्ताङको मार्फाका किसानको बगैंचामा लटरम्म फलेको स्याउ पाकेको छ । चाडवाडको मुखैमा पाकेको मुस्ताङको स्याउ बजार पठाउन किसानहरू छनौट गर्न थालिसकेका छन् ।
हेर्दै टोकौं–टोकौं लाग्ने मुस्ताङका स्याउ दशैंको पुजाको थालिमा भेटिए भने किसानले वर्षभरीको दुःख खेर जाने छैन ।
यद्यपि कोरोना महामारीको प्रभावले उद्योग व्यावसाय धरासयी भइरहेको बेला मुस्ताङको स्याउले उचित मूल्य पाउला कि नपाउला ?
मुस्ताङको अर्गानिक स्याउ बोटैमा कुहिने र रस आधा भइसकेको विदेशी स्याउ किन्नुपर्ने अवस्था आउन नदिन स्थानीय सरकार र राज्यका सम्बन्धित निकाय बेलैमा जिम्मेवार हुनुपर्ने देखिन्छ ।



(तस्बिरः रासस)