फुड बैंकलाई मेयर धवल शम्सेरले गरे ५० हजार सहयोग
२० असोज, काठमाडौं । नेपालगन्जमा सञ्चालीत फुड बैंकलाई नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख डा. धवल शम्सेर राणाले ५० हजार सहयोग गरेका छन् । गैर सरकारी संस्था महासँघ बाँके शाखाको हलमा सोमबार एक कार्यक्रमका बिच प्रमुख डा. राणाले ५० हजारको चेक हस्तान्तरण गरेका हुन् ।
सहयोग हस्तान्तरण कार्यक्रममा प्रमुख डा. राणाले फुड बैंक संचालन समिति संयोजक नमस्कार शाहलाई चेक हस्तान्तरण गर्दै रकम थोरै भएपनि यसले फुड बैंक संचालनमा सहयोग पुग्ने बिश्वास ब्यक्त गरे । उनले भने, ‘अरूलाई सहयोग गर्ने कुरा अन्तर आत्माबाट गरिने पवित्र सेवा भएकोले आगामी दिनमा पनि सामाजिक कार्यमा सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्छु ।’ उनले नेपालगन्ज उपमहानगरपालिका भित्र रहेका भोका नगरबासिहरूलाई खाद्यान्न दिने पबित्र अभियानमा आफ्नो पूर्ण सहयोग रहने बताए ।
त्यस्तै रक्षक सेक्युरिटि सर्भिसेज नेपालगन्जले फुड बैंकलाई खाद्य सामग्री सहयोग गरेको छ । सेक्युरिटीज कम्पनी स्थापनाको तिन बर्ष पुरा भएको अवसरमा कम्पनीले सामाजिक उत्तर दायित्व अन्तरर्गत सहयोग हस्तान्तरण गरेको हो । नेपालगन्जस्थित कार्यालयमा रक्षक सेक्युरिटिजका कार्यकारी अध्यक्ष जय नारायण शाहले १ सय किलो चालम, १० किलो तेल, १० किलो दाल, १ सय पिस सर्जिकल माक्स, १० लिटर तेल, १० किलो पिठो, १० किलो नुन र २ दर्जन नुहाउने साबुन हस्तान्तरण गरे ।

यसैगरी आज नै नेपालगन्ज स्थित भेरी प्राविधिक शिक्षालयमा कार्यरत भावना सापकोटाले फुड बैंकलाई ब्यक्तिगत रुपमा खाद्य सामाग्रि सहयोग गरेकी छिन् । फुड बैकलाई ५० किलो चामल, १० लिटर तेल, ५ किलो दाल, ५ किलो चना र १५ वटा साबुक सहयोग गरेकी हुन ।
‘हुनेले दिऔं नहुनेले लैजाऔं’ भन्ने मुल नाराका साथ नेपालगन्जस्थित गैर सरकारी संस्था महासँघको हलमा बासको ब्यवस्थापनमा हप्ताको एक दिन बुधबार तथा रोटरी क्लब अफ नेपालगन्जको ब्यवस्थापनमा कारकादोमा बिहिबार फुड बैंकमार्फत् खाद्यान्न वितरण हुँदै आएको छ । हालसम्म गैर सरकारी संस्था महासँघबाट ७१५ बढीलाई खाद्यान्न बितरण भईसकेको छ भने कारकादोमार्फत् ५६७ जनालाई खाद्यान्न बितरण भइसकेको छ ।
फुड बैंक संचालन समितिका संयोजक नमस्कार शाहले कोरोना महामारीका कारण कमजोर आर्थिक अवस्था भएका कोही पनि भोकै बस्नुपर्ने अवस्था सिर्जना नहोस् भनेर भाद्र ३१ देखि फुड बैंक सञ्चालन गरिएको बताए ।