१३ कार्तिक २०७७, बिहीबार

‘हेपाटाइटिस् सी’ भाइरस पत्ता लगाउने तीन वैज्ञानिकलाई नोबेल पुरस्कार



१९ असोज, काठमाडौं । ‘हेपाटाइटिस् सी’ भाइरस पत्ता लगाउने तीन वैज्ञानिकलाई चिकित्सातर्फको नोबेल पुरस्कारद्वारा सम्मानित गरिने भएको छ । भाइरस पत्ता लगाउने दुई अमेरिकी र एक बेलायती वैज्ञानिकलाई नोबेल पुरस्कार दिइने भएको हो ।

मेरिल्याण्डको युयस नेशनल इन्स्टिच्युट अफ हेल्थका हार्भे जे अल्टर, न्युयोर्कको रकेफेल्लर युनिभर्सिटीका चाल्र्स एम राइस र क्यानडास्थित युनिभर्सिटी अफ अल्बर्टाका बेलायती भाइरोलोजिस्ट माइकल ह्युगटनले १० मिलियन स्विडिस क्रोनरको पुरस्कार पाउने भएका छन् ।

सोमबार स्टकहामस्थित कारोलिनस्का इन्स्टिच्युटमा बसेको नोबेल कमिटीको बैठकले हेपाटाइटिस सी भाइरस पत्ता लगाउने तीन वैज्ञानिक पुरस्कृत गर्ने निर्णय गरेको हो ।

तीन वैज्ञानिकले सिरोसिस र कलेजोको क्यान्सरको मुख्य कारण हेपाटाइटीस सी भाइरस पत्ता लगाएका थिए ।

साढे ७ करोड भन्दा बढीलाई हेपाटाइटीस सी भाइरसको सङ्क्रमण भएको विश्व स्वास्थ्य संगठनको अनुमान छ । हरेक वर्ष उक्त भाइरसको सङ्क्रमणबाट ४ लाख व्यक्तिले ज्यान गुमाउने गरेका छन् । तिमध्ये धेरैजसोको मृत्यु सिरोसिस र कलेजो क्यान्सरका कारण हुने गरेको छ ।

नोबेल कमिटीका सचिब थामेस पर्लम्यानले लाखौंलाई प्रभाव पारेको हेपाटाइटीस सी लाई महामारीको रूपमा वर्णन गरेका छन् । नोबेल पुरस्कार विजेता तिन वैज्ञानिकले ‘हेपाटाइटीस सी’ भाइरस पत्ता लगाइसकेको अवस्थामा यसको सङ्क्रमणका कारण हुने मृत्युदर पनि घट्ने अपेक्षा गरिएको छ ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु