देशभर २४४० जनामा कोरोना पुष्टि, १९ को मृत्यु
१९ असोज, काठमाडौं । गएको २४ घण्टामा देशभर थप २४ सय ४० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले उल्लिखित संख्यामा सङ्क्रमण पुष्टि भएको बताए ।
काठमाडौं उपत्यकामा आज (सोमबार) मात्रै १५३१ जना कोरोना सङ्क्रमित थपिएका छन् । जसमध्ये काठमाडौंमा ११७८, ललितपुरमा २५० र भक्तपुरमा १०३ जनामा सङ्क्रमण पुष्टि भएको प्रवक्ता गौतमले बताएका छन् ।
आज थपिएकासहित हालसम्मको सङ्क्रमित संख्या ८९ हजार २ सय ६३ पुगेको मन्त्रालयले जनाएको छ ।
आज देशका विभिन्न अस्पतालमा उपचाररत १ हजार १३३ जना भाइरस सङ्क्रमित कोरोना मुक्त भएर घर फर्किएका छन् । यो संख्यासहित हालसम्म कोरोनाबाट मूक्त हुनेको संख्या ६५ हजार २०२ पुगेको छ । मन्त्रालयका अनुसार देशभर सक्रिय सङ्क्रमितको संख्या २३ हजार ५०७ छ ।
पछिल्लो २४ घण्टामा १९ जना सङ्क्रमितको मृत्यु भएको छ । योसहित कोरोनाबाट मृत्यु हुनेको संख्या ५ सय ५४ पुगेको मन्त्रालयले जनाएको छ ।
सोमबार देशका विभिन्न प्रयोगशालाहरूमा १३ हजार ७ सय ८१ जनाको कोरोना परिक्षण भएको