४ कार्तिक २०७७, मंगलवार

आइतबार थपिएका ६१ सहित कर्णालीमा ३८४१ जनामा कोरोना सङ्क्रमण



१८ असोज, काठमाडौं । दिनहुँ कोरोना सङ्क्रमित बढ्ने क्रमसँगै आज (आइतबार) पनि कर्णाली प्रदेशमा ६१ व्यक्तिमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । यद्यपि आज २० जना मात्र कोरोना सङ्क्रमणमुक्त भएका छन् ।

कर्णाली प्रदेश अस्पताल तथा पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा गरिएको आरटी पिसिआर परीक्षणमा ५८ र दैलेख अस्पतालमा गरिएको परीक्षणमा ३ गरी ६१ जनामा कोरोना पुष्टि भएको कर्णाली प्रदेश स्वास्थ्य शिक्षा शाखाका अधिकृत नवराज कँडेलले जानकारी दिए ।

‘आइतबार ६१ व्यक्ति थपिएसँगै कर्णालीमा कोरोना सङ्क्रमण हुनेको संख्या ३ हजार ८४१ पुगेको छ ।’ कँडेलले भने, ‘तीन हजार ११० व्यक्ति भने सङ्क्रमणमुक्त भएका छन् ।’ सङ्क्रमितमा सुर्खेतका ५२, दैलेखका ६ तथा कालीकोट, जाजरकोट र रुकुम (पश्चिम)का १/१ व्यक्ति रहेको कँडेलले बताए ।

अधिकृत कँडेलका अनुसार पछिल्लो २४ घण्टामा सुर्खेतमा कोरोना सङ्क्रमण पुष्टि हुनेमा कन्ट्याक्ट ट्रेसिङमा परेका ४८, एनसिसी बैंकका ४, विद्यार्थी २ तथा आँखा अस्पताल, नेपाल टेलिकम, व्यापार र मजदूरी क्षेत्रका १/१ व्यक्ति छन । दैलेखमा भने ३ नागरिकमा सङ्क्रमण देखिएको अधिकृत कँडेलले बताए ।

(रासस)


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु