१४ जेष्ठ २०८०, आईतवार

‘मुन्द्रेको कमेडी क्लब’मा करिष्मा इन् दिपाश्री आउट



१८ असोज, काठमाडौं । छोटो समयमा दर्शकमाझ निकै रूचाइएको कमेडी शो ‘मुन्द्रको कमेडी क्लब’ को सिजन–२ प्रसारण हुने भएको छ । कोरोना महामारीका कारण स्थगित भएको कमेडी शो लकडाउन खुकुलो भएसँगै सुरू हुन लागेको हो ।

कार्यक्रमका प्रस्तोता हाँस्य अभिनेता जितु नेपाल ‘मुन्द्रे’ ले सिजन–२ पहिलो सिजन भन्दा केही फरक ढङ्गले प्रसारण गर्ने तयारी भएको बताएका छन् ।

कमेडी क्लवको अध्यक्षको भूमिका मा रहेकी हाँस्य अभिनेत्री तथा निर्देशक दिपा श्री निरौलाको ठाउँमा अब नायिका करिष्मा मानन्धर देखिने भएकी छिन् । सिजन–२ असोज २६ गतेदेखि प्रत्येक सोमबार बेलुकी ८ः४५ मा नियमित प्रसारण हुनेछ ।

‘कमेडी च्याम्पियन’ रियालीटी शोबाट चौतर्फी रूचाइएका खड्गबहादुर पुन मगर पनि अबका श्रृंखलामा देखिने प्रस्तोता नेपालले बताए । उनले भने, ‘नयाँ सिजनमा कलाकार मात्र होइन कार्यक्रमको सेटअफ पनि अत्याधुनिक बनाइएको छ । पहिला टुरिजम बोर्डको साँघुरो हलमा छायाँकन गथ्र्यौं । यस पटक भने भ्वाइस अफ नेपालको स्टुडियोमा छायाँकन गरिएकाले पहिले भन्दा अवश्य केहि फरक देखिने छ ।’

कोरोना महामारीको जोखिम बढिरहेको अवस्थामा व्यक्तिगत स्वास्थ्य सुरक्षालाई उच्च प्राथमिकतामा राखेर कार्यक्रमको ४ भाग छायाँकन भइसकेको प्रस्तोता नेपालले बताए । उनका अनुसार सिजन–२ को पहिलो भागमा नायिका रेखा थापा अतिथिका रूपमा उपस्थित हुनेछिन् ।

फेसबुक स्टाटसमार्फत दिपाश्रीले जितु नेपाल र मुन्द्रेको कमेडी क्लब समूहलाई धन्यवाद दिएकी छिन् । पहिलो सिजनबाट बाहिरिएकी निरौलाले निकट भविष्यमै टेलिभिजनको पर्दामा देखिने जानकारी समेत दिएकी छिन् ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको