१२ फाल्गुन २०७७, बुधबार

काठमाडौंमा १५९९ सहित देशभर २२५३ जनामा कोरोना पुष्टि, ७ को मृत्यु



१६ असोज, काठमाडौं । गएको २४ घण्टामा देशभर थप २२ सय ५३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले उल्लिखित संख्यामा सङ्क्रमण पुष्टि भएको बताए ।

काठमाडौंमा आज (आइतबार) मात्रै १५९९ जना कोरोना सङ्क्रमित थपिएका छन् । जसमध्ये काठमाडौंमा १३७३, ललितपुरमा १८७ र भक्तपुरमा ३९ जनामा सङ्क्रमण पुष्टि भएको प्रवक्ता गौतमले बताएका छन् ।

आज थपिएकासहित हालसम्मको सङ्क्रमित संख्या ८६ हजार ८ सय २३ पुगेको मन्त्रालयले जनाएको छ ।

आज देशका विभिन्न अस्पतालमा उपचाररत १ हजार ३२९ जना भाइरस सङ्क्रमित कोरोना मुक्त भएर घर फर्किएका छन् । यो संख्यासहित हालसम्म कोरोनाबाट मूक्त हुनेको संख्या ६४ हजार ६९ पुगेको छ । मन्त्रालयका अनुसार देशभर सक्रिय सङ्क्रमितको संख्या २२ हजार २१९ छ ।

पछिल्लो २४ घण्टामा ७ जना सङ्क्रमितको मृत्यु भएको छ । योसहित कोरोनाबाट मृत्यु हुनेको संख्या ५ सय ३५ पुगेको मन्त्रालयले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु