१८ फाल्गुन २०७७, मंगलवार

डा. केसीको स्वास्थ्य अवस्था बिग्रिएपछि अक्सिजनको सहायतामा राखियो



१८ असोज, काठमाडौं । चिकित्सा क्षेत्रका यावत समस्याहरू समाधान गनुपर्ने मागसहित आमरण अनसनमा बसेका डा. गोविन्द केसीका स्वास्थ्य अवस्था बिग्रिएको छ । जुम्लाबाट अनसन सुरू गरेका केसीको २१ औं दिनमा स्वास्थ्य अवस्था बिग्रिएपछि अक्सिजनाको सहातामा राखिएको हो ।

डा. केसीको निरन्तर छाति दुखेर सासै फेर्न गाह्रो भएपछि राखिएको उनीसँगै रहेकी आवासीय चिकित्सक तोसिमा कार्कीले बताइन् । उनले भनिन्, ‘अन्य कुनैपनि औषधी उहाँले लिन मान्नु भएको छैन ।’

सरकारसँग चिकित्सा शिक्षा सुधारलगायतका मागसहित डा. केसीले यसपटक जुम्लाको चन्दननाथ नगरपालिकास्थित बाबिरा मष्टो मन्दिरबाट १९ औं अनशन सुरू गरेका थिए । सरकारी पक्षबाट उनका माग सम्बोधनका लागि कुनै औपचारिक पहल भएको देखिएको छैन ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु