१८ फाल्गुन २०७७, मंगलवार

यो वर्षका चाडवाड दूरी कायम गरेरै मनाऔं, रिमोट्ली मनाऔं, भर्चुअली मनाऔंः डा.भगवान कोइराला



१८ असोज, काठमाडौं । कतिपय मानिस कोरोना भाइरसलाई सामान्य किसिमको हो भन्छन् तर जो मानिस रोगसँग लडेर बाँचेर फर्किएका छन् यसलाई हल्का नलिऔं भनी डरलाग्दो अवस्था चित्रण गरिरहेका छन् ।

यही प्रसङ्गमा ‘ब्राभो डेल्टा सो’ नामक टेलिभिजन कार्यक्रममा भुषण दाहालसँग कुरा गर्दै वरिष्ट मुटुरोग विशेषज्ञ डा. भगवान कोइरालाले भनेका छन्, ‘स्वस्थ, युवा, बलिया, बाङ्गालाई कारोना भाइरसले कम आक्रमण गर्ने रहेछ । जब जब वृद्धमा जान्छ, अन्य रोग वा दीर्घ रोग भएकामा यसले छुन थाल्छ उनीहरू सिकिस्त हुन्छन् । धेरै मृत्यू बढ्छ । यो दुइटै सत्य छ ।’

डा. कोइरालाका अनुसार जनस्वास्थ्यका हिसावले भन्नु पर्दा युवाहरूको जोखिम भनेको मर्छन् भन्ने भएर होइन तिनले अरुलाई सार्न सक्छन् भन्ने डर हो । युवाहरू नियमित अनुशासित किन भइदिनु पर्यो भने तिमीहरूलाई त केही नहोला तर तिमीहरूले वृद्धवृद्धा वा अन्य रोगीलाई सार्यौ भने अप्ठ्यारो पर्छ भनी सन्देश दिन जरुरी भएको उनले बताए ।

युवाहरूमा लक्षण नदेखिए तापनि कोरोना हुन सक्ने भएकाले ज्येष्ठ नागरिकसँग आर्शिवाद थाप्न जाँदा कोरोना सार्न सक्ने जोखिम अत्याधिक रहेको डा. कोइरालाले बताए । त्यसैले यस पालीको चाडवाडलाई दूरी कायम गरेरै मनाऔं, रिमोट्ली मनाऔं, भर्चुअली मनाऔं भनी उनले आह्वान गरेका छन् । उनले भने, ‘आँखिर मनको हो आशिष लाग्ने अछेतामै त केही छैन अछेता एउटा माध्यम मात्र हो ।’

डा. कोइरालाका अनुसार मान्छेहरू गाउँघर जान थालिसके, चाडवाडमा लकडाउनमा बस्नु पिँडादायी छ । यसका बावजुत पनि जम्मा गरेको प्रमाणका आधारमा के हुन्छ भन्ने आँकलन गर्न सकिएन भने ठुलो क्षति व्यहोर्न तयार हुनुपर्ने उनले बताए । संस्कृतिविद् सत्यमोहन जोशीको शब्द सापट लिँदै कोइरालाले भने, ‘दसै, तिहारलगायतका चाडवाड त आइरहन्छन्, पहिला ज्यान रहे चाडवाड त अर्को वर्ष पनि मनाउला, धेरै अनुशासन बाहिर नजाऔं, विज्ञानले जे भन्छ त्यसलाई मानेर जाऔं ।’


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु