२१ फाल्गुन २०७७, शुक्रबार

युवा नेता गगन थापालाई कोरोना सङ्क्रमण



१७ असोज, काठमाडौं । नेपाली काँग्रेसका युवा नेता एवम् पूर्व स्वास्थ्य मन्त्री गगन थापालाई कारोना सङ्क्रमण भएको पुष्टि भएको छ ।

शनिबार राती नेता थापाले आफ्नो फेसबुकमार्फत् आफुलाई कोरोना सङ्क्रमण भएको जानकारी गराएका छन् । स्वास्थ्य अवस्था सामान्य रहेको र घरमै आइशोलेशनमा बसिरहेको उनले बताएका छन् ।

उनले फेसबुकमा स्टाटसमा लेखेका छन्, ‘असोज १५ गते पार्टी कार्यालयमा भएको पिसिआर परीक्षणमा मलाई कोभिड संक्रमण देखिएको जानकारी पाएँ । मेरो स्वास्थ्य अवस्था सामान्य छ।अहिले म घरमै आइसोलेसनमा छु । यस बिचमा मेरो सम्पर्कमा रहनु भएका सबैले सजगता अपनाउनु हुन र कुनै समस्या आएमा स्वास्थ्यकर्मीसँग परामर्श गर्नुहुन अनुरोध गर्दछु।’


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु