१६ श्रावण २०७८, शनिबार

पत्रकारलाई बाहिर राखेर मिडिया विधेयक पारित हुन सक्दैनः मन्त्री शाह



लिलाजङ्ग शाही

१७ असोज, कैलाली । सुदुरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाश बहादुर शाहले पत्रकारलाई बाहिर राखेर मिडिया विधेयक पास नहुने बताएका छन ।

लम्कीमा नेपाल फोटो पत्रकार महासंघ कैलालीको तेस्रो बार्षिक साधारण सभालाई सम्बोधन गर्दै मन्त्री शाहले मिडिया विधेयकका विषयमा बिरोध भइरहेको अवस्थामा सम्पूर्ण पत्रकारहरूलाई सहभागि गराएर मात्र विधेयक पारित गरिने बताएका हुन् ।

सुदुरपश्चिम प्रदेश सरकार पत्रकारहरुका समस्या समाधान गर्न निरन्तर लागी रहेको मन्त्री शाहले बताए । उनले भने, ‘कोरोना जस्तो महामारीमा सुचना सम्प्रेषण गर्न अहोरात्र खटिरहेका विभिन्न मिडिया आबद्ध पत्रकारको लागि प्रदेश सरकारले १५ लाख जोखिम बहन अनुसारको बिमा गरेको छ ।’ स्वास्थ्य सुरक्षालाई उच्च प्राथमिकतामा राख्दै आफ्नो पेसा धर्ममा अडिक रहेर कर्म गर्न पनि मन्त्री शाहले सम्पुर्ण पत्रकारहरूलाई आग्रह गरे ।

कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघ सुदुरपश्चिम प्रदेशका महासचिव योगश रावलले पत्रकारीता क्षेत्र मध्यको फोटो पत्रकारिता असाध्यै महत्वपुर्ण क्षेत्र भएको हुदा निष्पक्ष र कर्मठ भएर काम गर्न सम्पूर्ण फोटो पत्रकारहरुलाई आग्रह गरे । पत्रकारितालाई जिम्मेवार र मर्यादित बनाउन सरकारको पनि उत्तिकै दायित्व भएको भन्दै महासचिव रावलले पत्रकारको पेशागत सुरक्षाका लागि अविलम्ब ब्यवस्था गर्न सरकारलाई अनुरोध गरे ।

लम्कीचुहा नगरपालिका वडा नम्बर ३ का वडाध्यक्ष भक्त बहादुर चलाउनेले दबियर, कुल्चिएर रहेका आवाजहरूलाई बुलन्द पार्ने राष्ट्रको चौथो अंग पत्रकारिता समाजको ऐना भएका बताए । पत्रकारितामा राजनीतिक पुर्वाग्रह देखिदा जनता भ्रमित हुने गरेको अवस्थामा विज्ञापन भन्दा पनि अन्याय अत्याचार विरुद्ध पत्रकार शसक्त हुन आवश्यक रहेको उनले बताए ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु