१९ फाल्गुन २०७७, बुधबार

प्रधानमन्त्री ओलीको रिपोर्ट नेगेटिभ : राजनीतिक, विदेश मामिला, प्रेस सल्लाहकारदेखि सुरक्षाकर्मीमा कोरोना पुष्टि



१७ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको बिहिबार सङ्कलन गरिएको स्वाव परिक्षण रिपोर्ट नेगेटिभ आएको छ । प्रधानमन्त्री निवासमा खटिएका दर्जन बढी सुरक्षाकर्मीहरूमा कोरोना सङ्क्रमण देखिएपछि गरिएको स्वाव परिक्षण रिपोर्ट नेगेटिभ आएको प्रधानमन्त्री सचिवालयले जनाएको छ ।

सुरक्षाकर्मीहरूमा कोराना सङ्क्रमण पुष्टि भएपछि कन्ट्याक्ट ट्रेसिङका आधारमा प्रधानमन्त्रीसहित राजनीतिक सल्लाहकार विष्णु रिमाल, विदेश मामिला सल्लाहकार डा. राजन भट्टराई, प्रेस सल्लाहकार सूर्य थापा, विकास विज्ञ गजेन्द्र थपिलिया, स्वकीय सचिव इन्द्र भण्डारीलगायतको स्वाव परिक्षण गराइएको थियो ।

तर प्रधानमन्त्री ओलीबाहेक उनीहरू सबैमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । हिजो र आज गरी प्रधानमन्त्रीका सल्लाहकार, स्वकीय सचिव र सुरक्षामा खटिएका ५० जना भन्दा बढिलाई भाइरस सङ्क्रमण देखिएको प्रधानमन्त्री निकट स्रोतले जनाएको छ । प्रधानमन्त्री निवासमा खटिएका १५ देखि २० जना सुरक्षाकर्मीहरूमा कोरोना पुष्टि भएको छ ।

कन्ट्याक्ट ट्रेसिङका क्रममा झण्डै १ सय ५० जनाको स्वाव सङ्कलन गरी परिक्षण गरिएकोमा उल्लिखित संख्यामा कोरोना देखिएको हो ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु