१० आश्विन २०७८, आईतवार

काठमाडौंमा ११७७ सहित शनिबार २१२० कोरोना सङ्क्रमित थपिए, ८ को मृत्यु



१६ असोज, काठमाडौं । गएको २४ घण्टामा देशभर थप २१ सय २० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले उल्लिखित संख्यामा सङ्क्रमण पुष्टि भएको बताए ।

काठमाडौंमा मात्रै आज ११७७ जना कोरोना सङ्क्रमित थपिएका छन् । जसमध्ये काठमाडौंमा १००१, ललितपुरमा १०९ र भक्तपुरमा ६७ जनामा सङ्क्रमण पुष्टि भएको प्रवक्ता गौतमले बताएका छन् ।

आज थपिएकासहित हालसम्मको सङ्क्रमित संख्या ८४ हजार ५ सय ७० पुगेको मन्त्रालयले जनाएको छ ।

आज देशका विभिन्न अस्पतालमा उपचाररत २ हजार ४४ जना भाइरस सङ्क्रमित कोरोना मुक्त भएर घर फर्किएका छन् । यो संख्यासहित हालसम्म कोरोनाबाट मूक्त हुनेको संख्या ६२ हजार ७ सय ४० पुगेको छ । मन्त्रालयका अनुसार देशभर सक्रिय सङ्क्रमितको संख्या २१ हजार ३०२ छ ।

पछिल्लो २४ घण्टामा ८ जना सङ्क्रमितको मृत्यु भएको छ । योसहित कोरोनाबाट मृत्यु हुनेको संख्या ५ सय २८ पुगेको मन्त्रालयले जनाएको छ ।

त्यस्तै मन्त्रालयका अनुसार आज देशका विभिन्न प्रयोगशालामा १२ हजार ९ सय ७८ जनाको पिसिआर परिक्षण भएको छ ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको