४ कार्तिक २०७७, मंगलवार

प्रदेश ५ को प्रस्तावित राजधानी दाङमा जग्गा किनबेच र कित्ताकाट रोक्का




१७ असोज, काठमाडौं । प्रदेश नम्बर ५ सरकारले प्रस्तावित स्थायी राजधानी दाङ क्षेत्रमा जग्गा किनबेच र कित्ताकाटमा रोक लगाएको छ ।

दाङको राप्ति गाउँपालिकाका सबै वडा, गढवा गाउँपालिका वडा नम्बर १, २ र ३ तथा अर्घाआँचीको शीतगंगा नगरपालिकाका वडा नम्बर ८ र ९ मा जग्गा कारोबार अनिश्चित कालका लागि रोक्का गरिएको मख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ ।

प्रदेश नम्बर ५ को मन्त्रिपरिषद बैठकले गरेको निर्णय बमोजिम दाङ र अर्घाखाँचीका मालपोत कार्यालयलाई जग्गाको किनबेच र कित्ताकाट रोक्न पत्राचार गरि सकिएको मख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव भरतमणी सुवेदीले बताएका छन् । उनले भने, ‘अर्को आदेश नभएसम्मका लागि ती क्षेत्रमा जग्गा कारोबारमा रोक्का लगाइएको छ ।’

प्रदेश ५ को मन्त्रिपरिषद बैठकले अर्घाखाँचीको शीतगंगाको वडालाई समेत समेटेर दाङको भालुवाङमा स्थायी राजधानी बनाउने र नाम ‘लुम्बीनी राख्ने प्रस्ताव प्रदेश सभामा प्रस्तुत गरिसकेको छ ।

स्थायी राजधानी प्रस्तावित क्षेत्रमा अस्वभाविक ढङ्गले जग्गाको कारोबार नहोस भनेर प्रदेश ५ सरकारले यस्तो निर्णय गरेको हो । प्रदेश सरकारले तत्काल गरेको निर्णयसँगै करोडौं लगानी गरेर खेतियोग्य जमिन टुक्राउने दाउमा रहेका जग्गा कारोबारीहरूलाई ठुलो झड्का लागेको छ ।

यसअघि दाङको बेलभुण्डी क्षेत्र प्रदेश राजधानी बन्ने चर्चा चलेपनि सरकारले अस्थायी राजधानी बुटवल तोकिदिएपछि जग्गामा लगानी गरिसकेका कारोबारीहरू टाट पल्टिएका थिए ।

विज्ञप्ति :


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु