२१ फाल्गुन २०७७, शुक्रबार

कवाडी खोलामा बगेर एकै परिवारका पाँच बेपत्ता



१६ असोज, बाजुरा । हिमाली गाउँपालिका वडा नम्बर ५ को कवाडी खोलामा बगेर एकै परिवारका पाँच जना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा धर्म नेपालीकी श्रीमती ३० वर्षीया सत्तालगायत उनका तीन छोरी र एक छोरा छन् ।

आज अपराह्न खोलामा नुहाउन गएका बेला छोराछोरी र आमा समेत बगेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लोकेन्द्रसिंह ठगुन्नाले जानकारी दिए । बेपत्ता हुनेमा पाँच वर्षीया आरती, चार वर्षीया सन्तोषी, दुई वर्षीय सम्मान र एक वर्षीया किस्मती रहेको बताइएको छ ।

सोही खोलामा करीब दुई महिना अगाडि एक बालिका बगेर बेपत्ता भएकी थिइन् । बेपत्ता भएकाहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

(रासस)


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु