खुलेको काठमाडौं उपत्यका : कोरोना बन्दी जनजीवन (फोटो फिचर)
४ भाद्र काठमाडौं । घना बस्ती, सवारी साधनको चाप र अत्याधिक धुलो धुवाँले होला काठमाडौं उपत्यका कमै मात्र खुलेको देख्न पाइन्छ । बेहुलीले घुम्टो खोले जसरी आज बिहिबार दिउँसो भने उपत्यकाको आकास बडो गज्जवले खुल्यो ।
कोरोना महामारीको जोखिम थप बढ्ने देखिएपछि सरकारले बुधबार राति १२ बजेदेखी एकसाताका लागि उपत्यकामा निषेधाज्ञा जारी गरेको छ । झण्डै ४ महिनाको लकडाउन पछि भर्खरै बामे सर्दै गरेको जनजीवन फेरी कोरोना बन्दी बनेको छ ।




