लाइभमै पेट्रोल छर्केर आगो लगाइएकी चिनियाँ ‘टिकटक स्टार’ को मृत्यु
१६ असोज, काठमाडौं । चर्चित चिनियाँ टिकटक स्टार एक युवतीको को मृत्यु भएको छ । लाइभ गरिरहेकै वेला पेट्रोल छर्केर आगो लगाईएकी ३० वर्षीया ‘लामु’को उपचारका क्रममै मृत्यु भएको हो ।
उनका पूर्वपतीले पेट्रोल छर्केर आगो लगाएको चिनियाँ सञ्चार माध्यमहरूले उल्लेख गरेका छन् । आगो लगाएपछि गम्भिर घाइते लामुको उपचारका क्रममा २ सातापछि मृत्यु भएको बीबीसीले जनाएको छ ।
लाइभ स्क्रिन कालो भएपछि उनलाई हेरिरहेका दर्शकहरूले लामु एक्कासी चिच्याएको आवाज सुनेका थिए । घटनामा संलग्न रहेको आरोपमा लामुका पूर्वपतिलाई पक्राउ गरी अनुसन्धान गरिरहेको चिनियाँ प्रहरीले जनाएको छ ।
चिनियाँ संस्करणको टिकटक ‘डोइन’मा निकै रूचाइएकी मृतक लामुलाई लाखौंले पछ्याउने गरेका थिए । चीनको सिचुवान प्रान्तकी ३० वर्षीया लामु ग्रामिण जनजीवन झल्काउने भिडियोहरूका कारण टिकटक प्रयोगकर्तामाझ प्रिय बनिरहेकी थिइन् ।