११ मंसिर २०७८, शनिबार

अहिलेसम्मकै बढि २७२२ कोरोना सङ्क्रमित थपिए, ११ को मृत्यु



१६ असोज, काठमाडौं । गएको २४ घण्टामा देशभर थप २७ सय २२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले उल्लिखित संख्यामा सङ्क्रमण पुष्टि भएको बताए । यो संख्या हालसम्मकै सबैभन्दा बढि हो ।

काठमाडौंमा मात्रै आज १६६८ जना कोरोना सङ्क्रमित थपिएका छन् । जसमध्ये काठमाडौंमा १२८०, ललितपुरमा १६२ र भक्तपुरमा १९६ जनामा सङ्क्रमण पुष्टि भएको प्रवक्ता गौतमले बताएका छन् ।

आज थपिएकासहित हालसम्मको सङ्क्रमित संख्या ८२ हजार ४ सय ५० पुगेको मन्त्रालयले जनाएको छ ।

आज देशका विभिन्न अस्पतालमा उपचाररत ३३ सय ७ जना भाइरस सङ्क्रमित कोरोना मुक्त भएर घर फर्किएका छन् । यो संख्यासहित हालसम्म कोरोनाबाट मूक्त हुनेको संख्या ६० हजार ६ सय ९६ पुगेको छ । मन्त्रालयका अनुसार देशभर सक्रिय सङ्क्रमितको संख्या २१ हजार २ सय ३४ छ ।

पछिल्लो २४ घण्टामा ११ जना सङ्क्रमितको मृत्यु भएको छ । योसहित कोरोनाबाट मृत्यु हुनेको संख्या ५ सय २० पुगेको मन्त्रालयले जनाएको छ ।

त्यस्तै मन्त्रालयका अनुसार आज देशका विभिन्न प्रयोगशालामा १४ हजार ७ सय ३९ जनाको पिसिआर परिक्षण भएको छ ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको