४ कार्तिक २०७७, मंगलवार

‘भावि विद्यार्थीहरूको लागि अनुसन्धान अवसर’ विषयक वेबिनर हुँदै



१६ असोज, काठमाडौं । टेक्नोलोजी कम्पनी माउन्टेक सलुशनले ‘भावी विद्यार्थीहरूको लागि अनुसन्धान र अवसर’ बिषयक वेबिनारको आयोजना गर्ने भएको छ । भोली शनिबार साँझ ५ देखि ७ बजेसम्म अनौपचारीक प्रकृतिको वेबिनर आयोजना गर्न लागिएको माउन्टेक सालेशुनले जनाएको छ ।

स्वदेश तथा विदेशमा विज्ञान र प्रविधिको बिभिन्न क्षेत्रमा अनुसन्धात्मक काम र अवसरहरू खोज्ने सम्भावित तरिकाहरूबारे छलफल गरिनेछ । पूर्ण निशुल्क छलफल कार्यक्रममा सहभागी हुन चाहनेहरूले यो अन्तिममा उपलब्ध लिङ्कमा गइ आफ्नो सिट सुरक्षित गर्न नाम दर्ता गर्नसक्ने छन् ।

नेपालमा तीष्ण दिमाग भएका विभिन्न नेपालीहरूले यो डायस्पोरामा निरन्तर राम्रो प्रदशन गरिरहेका छन् । यद्यपि उनीहरूसँग अनुसन्धानको क्षेत्रमा कसरी अगाडि बढ्ने भन्नेबारे उचित मार्गदर्शन र जानकारीको अभाव छ । यस नेटवर्कि सत्रको मुख्य उद्देश्य विश्वका विभिन्न भागबाट अनुसन्धानकर्ता र शिक्षाविद् ल्याउनु हो जसले शोधकर्ताको रूपमा उल्लेखनीय योगदान पुर्याएका छन् र यस क्षेत्रमा वर्षौंदेखि अनुसन्धानका काम गरिसकेको अनुभवहरू छन् । सबैभन्दा महत्त्वपूर्ण कुरा नेपालबाट अनुसन्धान यात्रा सुरु गर्दा अनुभव कस्तो थियो र विदेशमा अनुसन्धान गर्ने अवसरहरू भेट्टाउन कत्ति गाह्रो छ भन्ने विषयमा उनीहरूले आफ्ना अनुभवहरू साट्ने छन् ।

सहभागीले सम्भावित अनुसन्धानको अवसरको बारेमा पनि जान्ने मौका प्राप्त गर्ने छन् । जस्तै एमफिल, पीएचडीको लागि छात्रवृत्ति तथा अष्ट्रेलिया, जर्मनी, स्विजरल्याण्ड, युनाइटेड किंगडम र अन्य बिभिन्न अनुसन्धान संस्थाहरूमा पोस्टडक्टोरल स्थितिको बारेमा विस्तृत जानाकारी हासिल गर्ने छन् ।

प्यानलिस्टहरूमा डा. यादव शर्मा बजगाईं, सेन्ट्रल क्वीन्सल्याण्ड विश्वविद्यालय, अष्ट्रेलियामा पोस्टडक्टोरल रिसर्चरको रूपमा कार्यरत छन् ।

त्यस्तै डा. सुनील अर्याल अस्ट्रेलियाको डेकिन विश्वविद्यालयमा प्राध्यापक र प्रारम्भिक क्यारियर अनुसन्धानकर्ता हुन् । उनी डाकिन विश्वविद्यालयमा कम्प्युटर विज्ञान र आईटीमा सक्रिय अनुसन्धानकर्ता हुन् ।

डा. अर्जुन न्यौपाने सेन्ट्रल क्वीन्सल्याण्ड विश्वविद्यालयका प्राध्यापक र कम्प्युटर प्रणाली र डाटा विज्ञानमा सक्रिय अनुसन्धानकर्ता हुन् । अस्ट्रेलियामा अध्यापन र अनुसन्धानमा उनसँग धेरै लामो अनुभव छ ।

डा. झनक पराजुली हाल विश्वव्यापी कार्यक्रम प्रबन्धक र डाटा वैज्ञानिकको रूपमा डीएचएलमा कार्यरत छन् । र माउन्टेक सोल्युसनमा अनुसन्धान वैज्ञानिक, स्टार्टअप कम्पनी, कृत्रिम बुद्धिमत्ता, मेशिन लर्निंग र डाटा साइन्स परामर्शमा कार्यरत एक अनुसन्धानकर्ता हुन् । उनले कम्प्युटर विज्ञान र आईटीको क्षेत्रमा जर्मनीमा अनुसन्धान गर्ने अवसरहरूको अनुभवबारे बताउने छन् ।

डा यशराज श्रेष्ठ ईटीएच, ज्यूरिखमा रणनीतिक व्यवस्थापन र इनोभेसनका अध्यक्ष वरिष्ठ अन्वेषक हुन् । अध्ययन र अनुसन्धानमा उहाँसँग बिभिन्न किसिमको अनुभव छ ।

डा. बिनोद भट्टराई इम्पीरियल कम्प्युटर भिजन एण्ड लर्निङ्ग ल्याब, इम्पीरियल कलेज लन्डनमा पोस्टडक्टोरल रिसर्च एसोसिएटका रूपमा काम गर्छन् ।

छलफलमा सहभागि हुनका लागि यो https://bit.ly/3mi736z लिङ्क मा जानुहोला ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु