२३ फाल्गुन २०७७, आईतवार

कट्टु हराएको देशमा


मधुसूदन गिरी
१६ आश्विन २०७७, शुक्रबार

‘चपला अबलाहरू एक सुरमा/गुनकेशरीको फूल ली शिरमा ।’ उहिले भानुभक्त बाजेले मुक्त कण्ठले आरती उतारेकी आराध्या अलकापुरी, आज आएर या मानको विशेषण महा लगाएकी महानगरी, मेरी प्यारी सपनाकी रानी अमरावतीको रूप र लावण्यको बयान सुनेका दिनदेखि यस मोरा लम्फुको भोक र रातको नीद हराम भइसकेको थियो । “आङभरि नाना पेटभरि दाना कहिल्यै भएन÷ दुःखैमा कति काटने दिन नगई भएन ।” मन्दिरै मन्दिर र देवतैदेवता अनि आराध्य श्री पशुका पतिको यस पावन धर्तीका महास्वर्गमा पुगुँ मात्र, जाई, जुही, चम्पा, चमेली फुलै फूलका डसनामा घुगुत्ती वासुत्ति खेल्छु खेल्छु, यो मोरो तीन ठाउँमा भेन्टीलेसनयुक्त बुढो कट्टुलाई फालेर यामानको टाइसुट गलामा अङ्ग्रेजी दाम्लो झुण्ड्याउँछु, र ….. । अझ साँझ बिहान मेरा पूज्य पशुका पतिको दर्शन गरेर यो जुनी त के तीन महिने मन्त्री महोदयले जस्तो सात जुनीसमेत सुनैसुनको लङ्का बनाइदिन्छु, समष्टिमा मेरो कल्पनाको भू–स्वर्गमा चोक्टै चोक्टा छन् र कति न चोक्टा खान्छु भनेर आफ्नो स्फटिकजस्तो गाँउबाट भात खाने थाल, पानी खाने लोहोटा, अनि आमाजस्तो माया गर्ने थातलाई लात मारेर यै मोरी कान्तीपुरीमा अन्मरिएँ ।

अन्मरिनेवित्तिकै पानी प्यासले प्याकप्याक म मोरो काकाकुल छटपटाउँदै, छटपटाउँदै सत्र घरका कुकुर भुकाएर नपाएपछि अन्तमा एउटा भोजनालयको आफैजस्तो चाउरे हल्दार, थालमलबहादुर ठेउसिंगेका अनुकम्पाले ड्रमको एक जग जल ठाडो घाँटी लाउने सुअवसर पाएँ र त्यसको १० मिनेट नपुग्दै सुल्टी राजमार्गबाट सवारी हुनुपर्ने वस्तुले बाटो बदलेर उल्टी उर्फ उँभोतिरबाट सवारी सुरु ग¥यो । एकैछिनपछि वस्तुले बाटो बदलेर फेरि तलका सुल्टी द्वारमा दस्तक दिन थाल्यो ।

उफ ! यतिबेलै सडकमा यस युगका ३ हुन् कि ६ हुन्, श्रीको को सवारी हुँदै रहेछ, लौरीदादाहरूले ठुलो मुल्को सास फेर्न पनि प्रतिबन्ध लगाइदिए । ‘लगनको कामभन्दा हगनको काम ठुलो’ भन्थे साँच्चै रहेछ, सम्माननीयको सवारीभन्दा आफूलाई यस उखानको दोस्रो शुभकर्मको होता (खोलुवा नै गर्नु हो भने हगन) को इमर्जेन्सी आदेश महत्वपुर्ण भएको थियो, किनकि त्यसले लम्फुका कानका लोता समाएर हगे हग मुते काटुँला, उठबस गराउन थालेको थियो, ऐलेपछि आङैमा …। बल गरेर भित्र घुचेट्न प्रयत्न गरेँ, तर त्यो मोरो उपद्री भित्रबाट बाँधै भत्काइदिउँलाझैँ गरेर बाहिर घुचेट्न थाल्यो । हामी दुईबिच ठेलाठेल मल्लयुद्ध चल्यो । यसै पौंठेजोरीमा हार्न लागेको यस दुईृखुट्टेको अनुहार बच्चा पाउन लागेकी पहिलाबेतेको जस्तो निचोरिसकेको थियो । एकछिन घोप्टो परिसकेपछि एघार पाङ्ग्रे लस्काएर गल्लीको बाटो अलि पर पुगेँ र हतपत यसो छेउ लागेर आँखा चिम्लन खोजेँ, सम्भावनाशून्य ! सात फन्का घुमें, उपायनास्ति । एकजना भद्र लाग्ने भालु आदमीसँग सोँधे, तर उनी त झण्डै पड्केर छित्तरवित्तर नभएका ।

धैर्यपूर्वक अर्का महोदयलाई सोधेँ, “हजुर यता कतै भुँडीभित्रको वस्तु थन्क्याउने राष्ट्रिय बैंक छैन ? लौन कहाँ छ ? ”

“तेरा बाउका मुखाँ छ ।” आची गर्ने मुखजस्तै मुख लगाएर उनले भने । एकछिन त ठानेँ सुट, टाइ, गगल्स … धेरै सभ्य भए भने मान्छे यस्ता हुँदा रहेछन् कि सहरमा ! भो अब कसैलाई सोध्दैन तर, यता भित्रबाट अत्यन्त जरुरी आदेश आइरह्यो । आफ्ना अश्रद्र्धा कोढीको पनि पाउ मल्नु पर्छ भन्छन् पाठकवृन्द, सोध्दै जाँदा एकजना सहरी सभ्यताको कुपित वायुले नबिटुलिएका अपवाद परेछन् क्यार, शौचालय देखाइदिए । तर के गर्नु, केकेन चित्रगुप्तै हुँलाजस्तो त्यस मुला आलयका मुखैमा यामानका अर्ना गर्धने पाले साहेब विराजमान हुनुहुँदो रहेछ । माथिको भित्ताका यामानकै अक्षरमा आँखा परे, “… सरकारको सहयोगमा निर्मित” अनि लाग्यो , यहाँ त भुँडीभित्रको वस्तु थन्क्याउने आलय बनाउन पनि अरूकै सहयोग नभई नहुने रहेछ (हामीले हसुर्ने उर्फ एक पेट लोड गर्ने अन्नादि उत्पादनको त कुरै टाढा), आची गरिसकेपछि खुट्टीमा फोहर लगाएको नानीले खुट्टा फट्याएर आमा गुहारेजस्तै आची पुछिदिन पनि वीर जातिका बहादुर सन्तति हामीले विदेशीलाई गुहार्नै पर्छ (नत्र त हामी आफैले गरेको फोहरको पहाडले पुरिएर…..) । मर्मत त झन….. । त्यस्ता आलयमा आची थन्क्याउने तरिकाको तालिम दिने पनि उहाँहरू नै ….., एनजीओ, आइएनजीओ …..। हामी त मात्रै उहाँहरूले शौचालय बनाइदिएपछि आची गर्ने र त्यसैको पाले भएर देश चलाउने काले हजुर देशभक्त, समाजसेवी महामानवहरूलाई यसो अलिकति अचेल भ्रष्टाचार कि के चार भन्छन् लामो हात गर्ने जोहो गरिदिनु पर्ने !

अनि पाले काकासित सोधें, “हजुर, धरमभकारी यही हो ?” “हो ई यटा डुई !” उहाँले डुई (त्यति बेलाको दर) जम्मा गर्ने गादो देखाउनु भयो । झुत्रे मोरो खेँ भन्ठानेर होला कि भन्छु, भित्र नपस्तै डुई ?

फेरि आफूलाई थाहा पनि थिएन, केको डुई ?

“टिम्रो सम्पटि हाम्रो यस अनिवार्य वचट कोषमा जम्मा गरेवापट डुई ।” उहाँले झोक्किदै भन्नुभयो ।
“उफ ! त्यसको पनि पैसा लाग्छ ? हाम्रो गाउँमा त अनलोड होइन एक पेट लोडै गरे पनि पैसो लाग्दैन ।”
“यो टेरो गाउँ हो ट ? टेसो भए जान ट टेरै गाउँमा ।” उहाँ अझै तात्तिनु भयो । “हो हजुर, यो सहर हो, यहाँ बाँच्न मात्र होइन मर्न पनि पैसै चाहिन्छ ।” भनुँजस्तो त लागेको थियो, तर भालुलाई पुराण सुनाएर के फाइदा ? फेरि आफ्नो काम फत्ते गर्नु छ, बढी गलफत्ती नगर्नु नै जाती । अनि गाउँ सम्झें, गाउँमा कण्डा पहारो लाएर (घामतिर ढाड फर्काएरर) ढाड सेक्तै अनलोडमा आँखा चिम्लेको सम्झें, अहा ! क्या मज्जा ! ! स्वच्छ, पवित्र वातावरण, खोलाका पारिला ढुङ्गामाथि थुच्च थुच्च, शिखर शैलीमा …..।

ल्हासामा सुन छ, कान मेरो बुच्चै छ, ढुङ्गा रहे गाउँमा म पुगें ……। वहाँको आची गर्ने ठाउँ जति सफा त यहाँ भुजा जिउनार गरिसिने आलय पनि छैन । यता भित्रबाट अत्यन्त जरूरी कफ्र्यु जारी गरेको गरेकै छ, ऐलेपछि आङैमा …… । केही नलागेपछि यस मोरालाई अलिकति पाल्तो नफाली भएन भन्ठानेर लम्फुले आफ्नो गोजी छाम्यो । हँ ! यता छाम्यो, उता छाम्यो, उस् ! कतै छैन ! हे दैव ! विपत्ति एक्लै आउँदैन भन्थे साँच्चै रहेछ, कट्टुको इजारे कन्तुरसमेत छाम्यो, अहँ छैन, कतै छैन । अब पक्का भो, बस हो कि उठ हो (सधैँँ उठ्नु पर्ने) अथवा बरू कोच हो सायद, कोचाकोचमा एउटी हिपटाइट अल्टामोर्डन सिमलकाँडे पछाडिबाट काँडाले घोच्दै ढेस्सिन सवारी भएको थियो, अलि पुरातनपन्थी सङ्कीर्ण मनुवा डरछेरूवा, भगुवा नै भए पनि विपरीत लिङ्गीको अलि न्यानो न्यानो कमलो चुम्वकीय तापले तात्तिन पाउँदा जाबा खल्तीको वास्ता को पो गरिरहँदो रहेछ र ? सत्ता, शक्ति….. मान्छे संसारै भुली दिन्छन्, मैयाँ खल्ती कलाकार रहिछिन्, साफ ! वल्ल स्वाद भेटिस मुला ! बडो तातो खोज्ने, एक मन त भन्दै थियो ।

रुन खोज्दै लम्फुले ती चर्पी नारायणलाई बेली विस्तार लगायोः अनुनय, विनय गर्यो, “हेर्नुस् मुला साग काका, कुन चाहिँ कलाकारले गलाहार बनेर भएको जति जम्मै फलाहार गरिदियो, जनी गर्नुहोस्, पेटभित्रको अपवित्र वस्तुले मर्यादा र संयमको सीमा नाघ्नै लाग्यो, यहाँको यो अति सभ्य सहरमा यो लम्फुलाई यसो अलिकति ओराल्ने अवसर ……, वडो धर्म लाग्ला हजुर, यहाँले पनि दया गर्नु भएन भने अब म यहीँनेर बसिदिन्छु ।”

अहो ! ती त परेछन्, यो देशका सर्वोच्च भाग्यविधाता श्री श्री श्री झण्डावाल, डण्डावालश्रीका साख्खै साडुका ज्वाइँनारायण । त्यसैले यति महान गौरवशाली आयोजनाका प्रमुख प्रबन्ध निर्देशक पाले बन्ने सौभाग्य पाउनु भएको रहेछ, अनि किन टेर्नु यस्ता लम्फुनारायणलाई ? भुत्रो दया गर्नु, अर्ना राँगे गर्धन घुमाएर भने, “टेरा बाउले बना हो यो टँलाई फोगटमा आची गर्नलाई । यो आची गर्ने कोथा भारटले बनाको, ट्यो सु गर्ने चीनले, मर्मत जापानले । टेट्रा टेट्रा महाशक्तिले यट्रा यट्रा राष्ट्रिय महत्वका परियोजना टैं आएर फोगटमा आची गर्लास् भनेर बना हो ? यसलाई पनि अर्को साल हाम्रो सरकारले निजीकरण गर्यो भने कुन चाहिँ डेसी विडेसी कसले किन्छ, अनि डस रुपिया ट्रिप आची गर्नु पर्ला अनि ठा पाउलास् ।”

महोदय लाठो समाएर सघार्न सवारी भयो । म मोरो लम्फु कट्टु सुमर्दै भागेँ । अब के गर्ने ? सोचेँ, आखिर यो सिंगै ….. पुरी पनि के कुनै सप्रेको शौचालयभन्दा कम छ ? यहीँ कतै ओराली दिन्छु, मेरा बाउको के जान्छ ?

यही विचार गरेर अलि पर फोहरको लघु पहाडमै खुट्टा उचालेर दिइरहेको यस सहरको भुस्याहा पुच्छर घुम्रेसँगै टुसुक्क,…. दौराको फेरले आँखा छोपें र छोप्नु पर्ने कुरो नछोपिकनै एक छेउमा गएर बसी के दिएको थिएँ, आजै मोरो महानरकपालिका मैलाई भनेर अन्मरिएछ । आएर ट्वाक्क दियो ढड्नासो खुस्किने गरेर कण्डामा । म मोराले तीन त्रिलोक चौध भुवन देखें ।

अलि पल्तिर नानी पाउन लागेकी एउटी ठुल्नानी भुइँमै तेर्सिएर ५ श्री सवारी हुने बाटोमै छट्पटाउँदै थिइ्न । जेसुकै गरुन लम्फु मुस्किलले उठेर भाग्न खोज्दा उदरगर्तको त्यस वस्तुले टाउको निकालिसकेको थियो । कट्टुले नपुगेर टाउकोको टोपीसमेत निकालेर बुजो लगाई भाग्दाभाग्दै हस्तलाभ, अलिकति हातमै र बाँकी घारो लगाउँदै लम्फु भाग्दै गयो । एक हातले कण्डाको टुटुल्को छाम्दै र अर्को हातले टोपी र कट्टुको थैलो थाम्दै लम्फु भाग्दै कति ठाउँमा ठोक्कियो, कति ठाउँमा पोख्खियो हिसाबै नगरौं हजुर । भक्तहरूले पशुपतिमा तिलौरी छरेजस्तो लम्फुको त्यो वस्तु सहरभरि छरियो । मान्छेहरू लम्फुलाई देखेर भीड लाग्न थाले, मानौं यो लम्फु भर्खरै कुनै हिमदेशबाट पशुपतिका हनुमानजीहरूका पछाडि बस्न्यौंटाका गुलाफी गालाजस्ता ओठ र गाला बनाएका भानुभक्त बाजेका उनै चपलाअबलाहरू दुई हातले छोपेको लम्फुका अमूल्य अञ्चलतिर कर्के नजर फ्याँक्दै मस्किँदै र लस्किँदै थिए ।

भाग्दाभाग्दै पवित्र विष्णुमती पुगेर लम्फुले सिंगै कट्टु र टोपी निकाल्यो र जो बचेको वस्तुलाई त्यसैमा विसर्जन गर्यो । वस्तु विसर्जनपश्चात् टोपी र कट्टुलाई पानीमा हाली लम्फु मिच्नै के लागेको थियो, पानी के भन्नु यो देवतैदेवता र देवी नै देवीहरूका भित्र बाहिर सबैतिरको पुण्यकर्मको सार सिमटेको बाक्लो न बाक्लो चोक्टासहितको बिग्रेको मोविले पानी यस सभ्यताको सारभित्रबाट सही नसक्नु कुहीगन्ध नाक छेडेर ब्रह्माण्डमा पुग्यो (झण्डै बेहोस् नभएको) । त्यसैमा चिप्लो न चिप्लो एउटा वस्तु हातमा लाग्यो । यसो पानीबाट निकालेर हेरेको त दुधे नानीको छाला खुइलेको खप्पर जस्तो ! छ्या द्रद्र आङै जर्कियो ।

भाग्दाभाग्दै पवित्र विष्णुमती पुगेर लम्फुले सिंगै कट्टु र टोपी निकाल्यो र जो बचेको वस्तुलाई त्यसैमा विसर्जन गर्यो । वस्तु विसर्जनपश्चात् टोपी र कट्टुलाई पानीमा हाली लम्फु मिच्नै के लागेको थियो, पानी के भन्नु यो देवतैदेवता र देवी नै देवीहरूका भित्र बाहिर सबैतिरको पुण्यकर्मको सार सिमटेको बाक्लो न बाक्लो चोक्टासहितको बिग्रेको मोविले पानी यस सभ्यताको सारभित्रबाट सही नसक्नु कुहीगन्ध नाक छेडेर ब्रह्माण्डमा पुग्यो (झण्डै बेहोस् नभएको) । त्यसैमा चिप्लो न चिप्लो एउटा वस्तु हातमा लाग्यो । यसो पानीबाट निकालेर हेरेको त दुधे नानीको छाला खुइलेको खप्पर जस्तो ! छ्या द्रद्र आङै जर्कियो । घिनले मचमची आउँदा हात झट्कारेको त मेरो मोरो कट्टु र टोपीले त्यही झट्कासँगै लम्फुका हातबाट मुक्ति ….., लेथेमतीको लेथोसँगै कुलेलाम ठोके ! सिङ्गै कान्तिपुरीका अन्तरङ्गको भारी बोकेकी यस अत्याधुनिक सभ्यताको हृदयजस्ती पावन विष्णु उर्फ लेथेमतीको लेथोभित्र लम्फुको मोरो कट्टु कता सवारी भयो कता… ? यता छाम्छ छैन, उता छाम्छ छैन, घण्टौं खोज्यो दर्शनै पाइएन । भनें नि यता लम्फुसित यहाँ मात्र होइन गाउँमै पनि फेर्ने, फर्काउने अर्को कट्टु थिएन । कट्टुबाहेक पाइन्ट, सुरुली जिन्दगीभरि अर्थोक लाएर लम्फु बिटुलिएको पनि रेकर्ड थिएन । भएन कन्तविजोग ?

अब के गर्ने ? लम्फुले एकछिन त सोच्यो, यिनै दुई हातका दश औंलाको लगौंटी लगाएर जाउँ त्यस महानरकपालिका र धन्यवाद दिउँ लोककल्याणकारी राज्यका महाप्रभुहरूलाई, यस्तो पो त कल्याणकारी रामराज्य …ग्न नपाएर हैरान ! यता शौचालयमा रूपैयाले नाकाबन्दी उता सडकमा ५ श्रीको कफ्र्यु ! अनि सफा नभई रहन्छ महा………..? क्या प्रतिभाशाली गिदी ! कतै कमिशन त आउन्न यसबाट पनि ………. लाई ?

जतिसुकै भए पनि बहादुर जातिको वीर डमरु न प¥यो, लम्फुनारायणले हिम्मत हारेन । नजिकैबाट सायद….. पुरीका देवदेवीहरूलाई बलि, महिषासुर बाँधिएको कीलो उठायो र लेथेमतीको लेथो पल्टाएर आफ्नो हराएको टोपी र कट्टु खोज्न थाल्यो । खोज्दै जाँदा लम्फुको कट्टुजस्तै काती पोतिएको एउटा वस्तु ढुङ्गाको च्यापबाट निस्केर आफूभन्दा झण्डै दोब्बर तौलको भारी बोकेको बुढो भरियाजस्तै अजङ्गको भारी बोकेर हिड्नै नसक्ने भएकी कालीकाली महाकाली त्यस मोरी पवित्र लेथेमतीका धारसँगै विस्तारै बग्दै गयो । “ए मेरो कट्टु ! कट्टु !!” लम्फु चिच्याउँदै किनारै किनार कट्टु बगेतिर दौडियो, कुइगन्धे चिप्लोले मझधारमा दौड्न सम्भव थिएन ।

राम्ररी हेरेको त त्यो यही लम्फुको कट्टुको डल्लो रहेछ । ए बा धतुरे …. अनि लम्फुले दश औंला जोरेर नमस्कार ग¥यो र विन्ती बिसायो, दादा ! कृपया त्यो मेरो कट्टु मलाई फिर्ता …। केही नबोलेर उहाँले त्यसलाई आफ्नो धोक्रोभित्र हालेर मुख सुर्किनु भयो र विराटावतार कड्किनु भयो । यो तेरै कट्टु हो भन्ने के प्रमाण छ ? “म नाङ्गै छु, यहीँ प्रमाण नै पर्याप्त छैन र हजुर ?” लम्फु प्रतिपदाको चन्द्रमा जस्तै दोब्री रह्यो । “त्यसो भनेर कहाँ हुन्छ ?, यसमा तेरो देशको झण्डा छाप, डण्डा छाप वा पण्डा छाप केही छ ? अनि कसरी तेरो हुन्छ ? छाप चाहिन्छ छाप, नेपाल छाप । त्यो बुन्ने धागो, त्यो बनाउने सीप खै कहाँ के छ तेरो ? बढीमा त्यसमा तेरा देशका लिखा जुम्रा हुँदा हुन् ती पनि यो ढलमतीको लेथोले नाकमुख थुनिएर सिल्टिमुर खाइसके । बरु इः हेर बरु यसमा मेरै देशको लङ्गुर छाप चित्र छ त्यसैले अन्तर्राष्ट्रिय अदालतमा गए पनि यो कट्टु तैले पाउँदैनस् । जा ।

निकैबेर किनारैकिनार दौडदा एउटा अलि पुरानै पुलजस्तो आयो, जसका मुनि बाँधजस्तो थियो । लम्फुको कट्टुले बाँध पार गर्यो । पुलपारि काँधमा एउटा ठुलै धोक्रो बोकेको लौरोधारी मानवाकृति पनि के के खोजिरहेजस्तो देखिनु हुन्थ्यो । लाग्यो उहाँको पनि कट्टु हराएछ क्यार । तर हेर्दा उहाँले के केले आफ्नो तल्लो प्रदेश जेनतेन छोपिरहनु भएको थियो । हेर्दाहेर्दै महोदयको जादूगरी लौरीमा थाङ्नोको एउटा गुजिल्टो अल्झिन आइपुग्यो । राम्ररी हेरेको त त्यो यही लम्फुको कट्टुको डल्लो रहेछ । ए बा धतुरे …. अनि लम्फुले दश औंला जोरेर नमस्कार ग¥यो र विन्ती बिसायो, दादा ! कृपया त्यो मेरो कट्टु मलाई फिर्ता …। केही नबोलेर उहाँले त्यसलाई आफ्नो धोक्रोभित्र हालेर मुख सुर्किनु भयो र विराटावतार कड्किनु भयो । यो तेरै कट्टु हो भन्ने के प्रमाण छ ?

“म नाङ्गै छु, यहीँ प्रमाण नै पर्याप्त छैन र हजुर ?” लम्फु प्रतिपदाको चन्द्रमा जस्तै दोब्री रह्यो ।

“त्यसो भनेर कहाँ हुन्छ ?, यसमा तेरो देशको झण्डा छाप, डण्डा छाप वा पण्डा छाप केही छ ? अनि कसरी तेरो हुन्छ ? छाप चाहिन्छ छाप, नेपाल छाप । त्यो बुन्ने धागो, त्यो बनाउने सीप खै कहाँ के छ तेरो ? बढीमा त्यसमा तेरा देशका लिखा जुम्रा हुँदा हुन् ती पनि यो ढलमतीको लेथोले नाकमुख थुनिएर सिल्टिमुर खाइसके । बरु इः हेर बरु यसमा मेरै देशको लङ्गुर छाप चित्र छ त्यसैले अन्तर्राष्ट्रिय अदालतमा गए पनि यो कट्टु तैले पाउँदैनस् । जा ।

झ्याप् झ्याप्….., त्यतिबेलै लम्फुका अन्तसचेतनामा एउटा बिम्ब ! ढलमतीको त्यसै लेथोमा त्यो आफ्नै सूर्यचन्द्राङ्कित…. पनि बग्दै आयो …. उफ् ! त्यो पनि ….. अनि लम्फुले हात जोडेर याचना गरिरहेको मनोबिम्ब……..“………! हजुर क्षीर सागरको शेष शय्यामा आँखा चिम्लेर सुकाला हुन भएका साक्षात् श्री ……! हजुर परमात्मा लम्फु आत्मा, हजुर महासागर लम्फु त्यसको जलविन्दु हजुर……, हजुरको दर्शन पाउँदा त लाग्छ, अब यो दुःखीका सम्पूर्ण दुःखका दिन छु मन्तर…… गरिब प्रवर, मेरो कट्टु गए बरु जावस्, यो मेरो देशको निसानी झण्डा मलाई फिर्ता … तर उहाँले टेर पुछर … । बरु शक्ति, भक्ति सबै सम्पन्न ठुल्ठुला देवदेवीहरूको चिथोराइ कोपराइ पीडित दुःखियाहरूले न्यायका निम्ति सँघारमा टाउको ठोकेर प्राणोत्सर्ग गर्दा पनि चुँ नबोल्ने देवताजस्तो, अरुलाई थिचनथैली पारेर तिनको भाग सर्लप्प साइँली पार्ने ब्वाँ…, बराह अजिङ्गरे धीरता, वीरता उहाँहरूको मौनताको भाषा उदाहरणीय भए पनि उहाँका भजमन गोपाल महांचोथालेलाई जित्ने गाली महाशक्ति सञ्चार श्रीमान्हरू भुक्दै हुनुहुन्थ्यो, “तँ मोरा नाङ्गाको झण्डा, डण्डा र कट्टुको कपडा कसले बनाइ दिएको हो थाहा छ ? जाबो आफूले लगाउने … र देशको झण्डा बनाउने कपडासम्म पनि बनाउन नसक्नेले हामीसँग फुर्ती गर्ने ?” अनि लम्फुले आफ्नो भूतपूर्व हेटौडा कपडा उद्योग सम्झ्यो, हिस्स बुढी हरिया दाँत !

लम्फुनारायण जिद्दी गर्दै थियो, महोदय ! हेर्नुहोस् म नाङ्गै छु, तपाईंले त कम्तीमा पारदर्शी नै भए पनि केही त लगाउनु भएको छ, हिजो तपाईंहरूलाई ….. गिद्धले उत्तानो फालेर छातीमा नङ्ग्रा……, त्यसको प्रेत ! उफ् ! आफैभित्रको अचेतनकी काली, कृष्ण बनेर बुर्लुक्क…. डमडम् कालीनागका टाउकामाथि….. उफ्रँदै, नाच्दै… ओकलाएर सूर्यचन्द्राङ्कित … तर झ्वाट्ट विपना ! यो यथार्थका महाचट्टानमा बनारिन पुग्नुको पीडा ! उफ ! कस्तो दिवास्वप्न !!

भुट्यो भाङ पोल्यो पिंडालु, केही नभएको यो लम्फु त्यसपछि ‘मेड इन नेपाल’ कट्टुको खोजीमा हिँड्यो । सम्पूर्णका आस्था र श्रद्धाका सर्वोत्तम सगरमाथा पूज्य पशुका पतितिर लाग्यो । हे दैव ! बाटो, घाटो, मठमन्दिर, चोक, जताततै मनुवा मात्र होइन पूज्य देवदेवी सम्पूर्ण नाङ्गाका नाङ्गै ! लाग्यो यो हाम्रो पहिचान, सभ्यता, संस्कृति यी सबलाई कट्टु लाइदिन मन लाग्यो, तर आफै त महादेव उत्ताना ……!

बाउन्न घुस्सी र त्रिपन्न लात्ती जिउनार गर्दै लम्फु भोलेनाथ बाबाका क्षेत्रपालित्व भित्र छिर्यो ….. टुँडाल टुँडाल यतै महादेव, उतै महादेव, अरू ठाउँमा त एक टाउके महादेव मात्र हुन्थे, पशुपतिमा त स्वयम् चार टाउके महादेव ! त्यसैले होला चार टाउका पस्ने ढोकै चार, पशुपतिमा चार ढोका चाँदीका, कृष्णजीलाई मन परिन् राधिका ! पूज्य पशुपति मात्र होइन उहाँका अङ्गरक्षक नन्दी श्री साँढे काजीसमेत यामानका शङ्खघण्ट झुण्डाएर बाहिरै खडाका खडा, सबका कट्टु गायव । बरु पशुपतिश्रीलाई भक्तराजले फूल अक्षता र प्रसादले आधाभन्दा बढी छोपेका ।

त्यहीं अलिकति पल्तिर बाबा पशुपतिका प्रतिस्पर्धी महादेवका पनि बाबु महादेव र अझै महादेवकै बिराट स्वरूप उन्मत्तका उत्तुङ्ग भैरवसँग आफ्नी महादेवीको पिरती गाँस्दै स्वर्ग उक्लने लिस्नु उर्फ भर्याङ माग्न आउनेहरूको भीड थियो । उहिले यस्तै वडे महादेवभन्दा पनि बढी बहादुर भएरै होला, विचरी ऋषिकाहरू यिनै वडे महादेवका विराट स्वरूपको साक्षात् दर्शन पाएपछि स्पर्शन् पाउन र्याल चुहाउँदै र फरिया उचाल्दै पछि लागेको !

महादेवहरू मात्र छन् कि भनेको त त्यहीं पल्तिर माता गुह्येश्वरी पनि युगौंदेखि सर्वाङ्ग नाङ्गिएर उत्तानोकी उत्तानै, कुन्नि कुन चाहिँ यस देशका असल सरकारद्वारा संरक्षित असल नागरिकद्वारा उखुबारीमा उत्तानो फालिएकी तेह्र बर्षिया बालिका निर्मला पन्त त होइनन् त्यतिबेलाकी ? यो देशमा देश हराएको, यो वेशमा वेश उर्फ कट्टु हराएको अभिशप्त आदिबासी हुँ, मलाई मेरो हराएको कट्टु खोज्न जान दिनुहोस् ।

महादेवहरू मात्र छन् कि भनेको त त्यहीं पल्तिर माता गुह्येश्वरी पनि युगौंदेखि सर्वाङ्ग नाङ्गिएर उत्तानोकी उत्तानै, कुन्नि कुन चाहिँ यस देशका असल सरकारद्वारा संरक्षित असल नागरिकद्वारा उखुबारीमा उत्तानो फालिएकी तेह्र बर्षिया बालिका निर्मला पन्त त होइनन् त्यतिबेलाकी ? यिनै महादेवी गुह्येश्वरीको दर्शन पाएपछि लम्फुलाई लाग्यो वास्तवमा हाम्रो संस्कृतिको मुहानै कट्टुविहीन रहेछ, अनि लाग्यो वास्तवमा आराध्या अमरावती उहिले नागदह होइन वास्तवमा नागालैण्ड रहिछन्, नाङ्गालैण्ड, जहाँ सुरमुनिदेखि भुसुनासम्म जम्मैका जम्मै … । यस महान सभ्यताको उज्यालोबाट दूरदराज, काली कर्णाली भने अँध्यारै रहेछ उहिले ।

यसरी लाज ढाक्ने कट्टुको जोहो गरिदेलान् भनेका पशुपति आफै त महादेव उत्तानो …. भएपछि त्याँबाट लम्फुको भुओ यस कलीको ढलीमली नौरङ्गी इन्द्रहरूको पुरी इन्द्रपुरीतिर सर्यो । उफ ! त्यहाँ त झन मूलद्वारमै हाम्रा हिमदेशका भेडीरक्षक सक्कली पुच्छर घुम्रे (जाँ जाड्या जा होइँ जुम्ली जा…..) जस्तै यमदूत भएर उभिएका । ए बाबा ठाकुरे, म कुनै जङ्गलबाट बाटो बिराएर आएको लङ्गुर, चितुवा बा… त केही होइन, यो देशमा देश हराएको, यो वेशमा वेश उर्फ कट्टु हराएको अभिशप्त आदिबासी हुँ, मलाई मेरो हराएको कट्टु खोज्न जान दिनुहोस् ।

अनुनय, विनय जतिसुकै गरे पनि साइनाको साडु काठको डाडू समाउने हाँगो टेक्ने ओखेट्टो कहीँ कतै केही नभएको जनता जनार्दनको पासविना सास पनि पस्न नपाइने उर्दीयुक्त भुकाइले मुटुको बेलो हल्लिएर झण्डै आङैमा सु सवारी नभएको । लम्फुले सुनेको त्यस महाखोरभित्रका इन्द्र–इन्द्रेश्वरी र उहिले भैरव काकाले पीपलबोटमा फेला पारेका साइकल सट्काऊ महामानवका उत्तराधिकारी श्री पजेरोनन्दन पाङ्भुङेदेखि अहिलेका लोकतान्त्रिक, भोकतान्त्रिक र ठोकतान्त्रिक राणाज्यूहरू र उहाँहरूका हुक्कामल सुब्बासम्मका रास रत्यौलीको चक्षुलाभ गर्नै पाएन । अझ तराईको चारकोसेदेखि हिमालको बुकी पाटनसम्म, पूर्वको कोशी टप्पुदेखि पश्चिमको से हो कि स्याउ फोक्सुण्डे आदि देशभरिका सुन्दरातिसुन्दर सम्पूर्ण ….. आरक्षबाट छानी छानी ल्याइएका खतरनाकातिखतरनाक हात्ती, गैंडा, बाघ, भालु, अर्ना, बँदेल, ब्वाँसा र पाटेबाघहरू पाल्ने अनुपम चिडियाखानाको दर्शनै गर्न पाएन । ती सम्पूर्ण देवदेवी र उहाँहरूका बाहनहरूले समुद्र मन्थनबाट प्राप्त अमृतका प्याला घट्काइरहेको र अलि पर जम्बुश्री स्यालहरू र्याल काढिरहेको दृश्य हेर्नै रह्यो ।

त्यसपछि लम्फु सडक स्वर्गको स्वाद लिन हावामा कावा खाँदै हिँड्यो । एकाएक उसले चारैतिरबाट भयानक मानव सागर उर्लिदै उही टुँडीखेल नाउँको तुरीखेलतिर सोहोरिँदै गएको देख्यो । कसैका हातमा झण्डा, कसैका हातमा डण्डा र जिब्रामा देश र जनताका हथकण्डा अगि अगि टाउका पछि पछि पुच्छरको घुइरो, त्यो महासागर गएर देशको त्यस सबभन्दा ठुलो भुँडीफोर डबली अगाडि कुर्लियो ।

प्राङ्गणमा भजमन गोपाल भज लौ राम, तालीबहादुर नेपालीको महासागर र झण्डै फाँच फिटमाथिको रङ्गमञ्चमा ब्रह्मा, विष्णु, महेश र दुर्गा, काली, महाकाली कोही महादेवका साली, कोही ब्रह्मा, विष्णु र इन्द्रादि तेत्तिस कोटि देवदेवी जालन्धरकी कपाली । सबभन्दा अगाडि तिथि, अतिथि सबभन्दा ठुलो स्वरमा हुइया र त्यसका पछाडि फ्याउरा, मल्स्याप्रा र स्यालहरूको हुइया ! सम्पूर्ण देश बनाउने परिवर्तनका वाहक महामानवहरूको हुल । लम्फुलाई पनि यिनै महान हुइयाहरूका हुलमा हुलिन र पुच्छरिन पाउँदा जीवनै सार्थक भएजस्तो लाग्यो ।

कडरर कडरर डबलीबाट मुखिया अतिथिका हुइया पडकन थाले, तररर तररर तलतिर तिथिहरूका हुइयामा हुइया तालीको पाली आयो । त्यसरी डवलीबाट भाषणका बमगोला वर्सन थालेपछि त्यही बोलीले कानका जाली फुटेर होला कि डबलीबाट उफ्रेर कुर्सीमा कुर्सिनेहरू पूराका पूरा बहिरा, नाथे मरञ्च्याँसे रैतानका रैतीका म्याउँम्याउँ त सुन्दै नसुनिने ।

त्यसपछि सुरु भयो हुइया गीत, सङ्गीत र नृत्य । कडरर कडरर डबलीबाट मुखिया अतिथिका हुइया पडकन थाले, तररर तररर तलतिर तिथिहरूका हुइयामा हुइया तालीको पाली आयो । त्यसरी डवलीबाट भाषणका बमगोला वर्सन थालेपछि त्यही बोलीले कानका जाली फुटेर होला कि डबलीबाट उफ्रेर कुर्सीमा कुर्सिनेहरू पूराका पूरा बहिरा, नाथे मरञ्च्याँसे रैतानका रैतीका म्याउँम्याउँ त सुन्दै नसुनिने ।

वास्तवमा न्वारनदेखिको बल लगाएर भाषणको बमबारी गर्नमा अब्बल दरिनु नै लोकतान्त्रिक लिगलिगे दौडका उमेदवारीका थुप्रै योग्यतामध्येको एउटा मुख्य योग्यता हो । यही प्रतियोगितामा अब्बल दरिनेहरू नै पछि गएर द्रव्यदेव र चन्द्रको चाँद लाउँदारहेछन् । त्यसपछिका क्षमता, प्रतिभा र सीप तथा त्यसबाट प्राप्त हुने वस्तुको बयान त अहिले थाँती राखौँ हजुर यही पहिलो आधारभूत योग्यता प्रदर्शनसँगै विकासका वासुधारा बर्साएर आजका यी उत्तराधुनिक रैतीलाई निथ्रुक्क भिजाउन पनि सक्नु पर्दोरहेछ ।

यसैले उहाँहरू धर्ती थर्काउने गरी र सगर चर्काउने भाषणका बमगोला बर्साउन थाल्नु भयो, “बनाउँछौ, बनाउँछौं, यस मुला देशलाई नै बिशाल अन्तर्राष्ट्रिय शौचालय बनाउँछौं, अनि यसमा युरोप, अमेरिका र एसियाका महाशक्ति राष्ट्र र राष्ट्रका शक्तिशाली बहुराष्ट्रिय कम्पनीलाई साझेदारी गराउँछौं, नपुगे छँदैछन् नि विश्व …, ए.डी.बी आदि रिनका भारी बोकाउने मालिकहरू, हामी यी तन्नमगिरि जनता जनार्दन र सिंगै देशैलाई बन्धकी राखेर भए पनि पाए जति रिनघिन जम्मै कुम्ल्याउने छौं, अनि त्यसले देशैभरि शौचालयै शौचालय बनाउँछौ, अनि यसबाट नेताज्यूहरूलाई शौचालय समुद्घाटन गरेर रेडियो, टेलिभिजन आदि सञ्चारमा फुकिने र फैलिने सुअवसर पनि जुराउँछौं, अनि त्यसको केही महिना केही वर्षमै निजीकरण गरेर मित्रहरूलाई रिझाउँछौं, भिजाउँछौं र विदेशीलाई बुझाउँछौं ।

बनाइसक्नेबित्तिकै करोडौ नेपालीलाई त्यसैमा सु, गु सब गर्न अनिवार्य …. । केही गरी अनुपस्थित भएर कोटा पूरा गर्न नसक्नेलाई जरिवानासहित न्यूनतम आची शुल्क तिर्नै पर्ने विधेयक पारित गराउने छौं । विधेयकै पारित भएपछि त मोरा साँझबिहान माँडै नजुर्ने भुटीभाङले पनि नतिरी सुख ? त्यसमाथि आजको यस्तो महङ्गी छ, प्रतिस्पर्धी बजार छ, आची शुल्कको पैसो पनि बढाएर दश दोब्बर पार्नु पर्छ । जब लोड गरेको एकै ट्रिपको तिस पैतिस तिर्नु पर्छ भने अनलोडको कम किन ? अनि त दिनमा पाँच सात पटक मात्र सु र एक पटक मात्र गु (मानौं कसैलाई छेरौटी नै लागेन रे) गरे पनि कति हुन्छ आम्दानी ? हिसाब गर्नु होस् त, अनि बन्दैन देश ?

त्यसमाथि त्यस मानव गोबरबाट एउटा बिशाल गोबरग्यास प्लान्ट पनि…. । अनि त के चाहियो र, देश पनि झल्लाकार, जनता पनि….. ।

मुला पश्चिमेहरू अरू सब कुरामा अति स्वतन्त्र छन्, विन्दास । तर आची गर्ने कुरामा भने सङ्कीर्ण । अर्को एउटा विकल्प आची स्वतन्त्रतामा हामी तिनलाई जित्न सक्छौं, कम्तीमा यस कान्तिपुरीमा उहिलेको हाम्रो जुम्लातिरको जस्तो बाटोका दुई किनारामा मात्रै हैन जहाँसुकै पनि आची गर्ने छुट दिनु पर्छ । अनि त संसारकै सबभन्दा ठुलो खुल्ला शौचालय बन्नेछ कान्तिपुरी र नेपाल । अनि त गिनिच बुकमा दर्ता । त्यसपछि के चाहियो र, संसारकै जन्तुजनार्दन यसको दर्शनार्थ धुइरो । राष्ट्रिय अन्तर्राष्ट्रिय सञ्चार माध्यममा फैलिने छ, नेपाल र नेपालीको यश, ख्याति र कृति । धुइरो लाग्ने मित्रहरूलाई पनि कम्तीमा तीन ट्रिप डलर आची अनिवार्य गर्नु पर्छ । केही गरी कोही मोरो कैले कुइरे वा कोदो खोइरे देवताले आउन अटेर गरे भने संयुक्त राष्ट्रसंघमै लविङ गरेर भए पनि ल्याउनु पर्छ उहाँलाई पनि खुर्मुर्याएर नेपालमा । कम्तीमा आची गर्न मात्रै भए पनि धेरैभन्दा धेरै मित्रलाई जीवनमा एकपटक नेपाल सवारी गराउनै पर्छ । अनि त हाम्रो पर्यटन मालामाल, करमा तर मार्न पाएर तारणधार महोदयहरू पनि …..।

आजको हाम्रो सबभन्दा ठुलो आवश्यकता एउटा विशाल अन्तर्राष्ट्रिय कट्टु कम्पनी स्थापना गर्नु हो । भक्ति, अमर र बलभद्रादि वीर पुर्खाले ज्यानको बाजी लाएर यस देशको कट्टुको रक्षा गरे, हाम्रो राष्ट्रिय कट्टुको सान, मान र आन राखे, आज हामी तिनैका सन्तान कट्टुविहीन ! तर विडम्बना ! उहाँहरू कसैले पनि नेपाललाई नेपाल बनाउँछौ भन्नु भएन, नेपालीलाई नेपाली बनाउँछौं भन्नु भएन, नेपाल हामी हाम्रै माटो, पानी र हातहरूले बनाउँछौ, हामी हाम्रै रगत, पसिना र मेहनतले बनाउँछौं भन्नु भएन ।

यसपछि अर्का भाषणवीरले भाषणका फब्बारा छुटाउँदै कट्टु अपहरणको घोर निन्दा गर्नु भयो र थप्नु भयो । आजको हाम्रो सबभन्दा ठुलो आवश्यकता एउटा विशाल अन्तर्राष्ट्रिय कट्टु कम्पनी स्थापना गर्नु हो । भक्ति, अमर र बलभद्रादि वीर पुर्खाले ज्यानको बाजी लाएर यस देशको कट्टुको रक्षा गरे, हाम्रो राष्ट्रिय कट्टुको सान, मान र आन राखे, आज हामी तिनैका सन्तान कट्टुविहीन ! हाम्रा देशका सम्पूर्ण दाजुभाइ, दिदीबहिनी र यो सिंगो देशैलाई कट्टुविहीन हुनबाट बचाउने छौं । अनि एक्कैचोटि यो देशलाई आजको झिंगापुरबाट युरोप, अमेरिका र सिंगापुर सुनै सुनको श्रीलङ्का …..। यसका लागि हामी के मात्र गर्दैनौं, पाँच तारेमा पार्टी, टेबुलमा योजना, कागजमा कार्यान्वयन, रेडियो र टेलिभिजनमा विकास, देश विकास र समृद्धिका लागि हामी केही कसर बाँकी राख्ने छैनौं । स्रोत र साधन चाहिने जति हामी सात समुद्रपारिबाट ल्याउने छौ, हिमालपारि, हिमालवारि, तलबाट, माथिबाट संसारभरिबाट ल्याउने छौं ।

तर विडम्बना ! उहाँहरू कसैले पनि नेपाललाई नेपाल बनाउँछौ भन्नु भएन, नेपालीलाई नेपाली बनाउँछौं भन्नु भएन, नेपाल हामी हाम्रै माटो, पानी र हातहरूले बनाउँछौ, हामी हाम्रै रगत, पसिना र मेहनतले बनाउँछौं भन्नु भएन । लम्फुले गौडपूर्वक आफ्ना दृष्टिको पर्दा जब विस्तारै माथि माथि डबलीमाथि सर्काउँदै गयो अनि उफ ! मञ्चका महादेवहरूका अपूर्व विराट स्वरूपका तल्ला गोलार्धको दर्शन हुँदै गयो । हँ ? विश्वासै लागेन लम्फुले आँखा मिच्यो, कतै त्यो सब सपना त हैन ? कि आफ्नै आँखाले धोका दिए ? आँखा खोल्यो, तर यथावत् ! यो के ? यी पनि सब माथितिर महादेव टाइ फिटिङ तलतिर महादेव जुम्राको मिटिङ ! महादेव महादेवी सम्पूर्णका सम्पूर्णको कट्टु गायव ! लम्फुले त्यसभन्दा बढी हेर्न नसकेर आँखा चिम्ल्यो, हे बाबा पशुपति ! कुन दिनको पापले म तिम्रो यस नाङ्गालैण्डको नागरिक ….. ।

यस्तैमा एउटा बौलाहा कराउँदै भीडमा छिर्यो र कराउन थाल्यो, हेर्नुहोस्, हेर्नुहोस् यस तुरीखेलका सम्पूर्ण देवदेवी नाङ्गै नाङ्गै छन्, हेर्नुहोस् ! हेर्नुहोस् ! उहाँहरूका तु ं सुलाई खुब हेर्नुहोस् र ज्ञान बढाउनुहोस् । विचराले राम्ररी भन्नै पाएको थिएन, त्यस डबलीको तल्लो प्रदेशका भजमन गोपालहरूले घोक्रेठ्याक् लगाएर सभा बाहिर पुर्याइदिए । बाहिर पुगेर पनि बोलाउन नछोडेपछि विल्लाधारी शान्ति सुरक्षाले दियो डण्डाले ढाडैढाड र नल्ठीभरि, लोला उठ्ने गरी, लौचाख मुला स्वाद चाख । लम्फुका चरमचक्षुले बौलाहाको राम्रोसँग निरीक्षण गरे । उफ ! यो नाङ्गाहरूको मेलामा यो मात्र एउटा कट्टुधारी कहाँबाट आइपुग्यो ? हो, त्यसैले यो सब……….।

त्यसैले लम्फु नाङ्गै छ र नाङ्गै अनुनय विनय गर्दैछ, कृपया कसैले मेरो हराएको कट्टु भेटाउनु भयो भने ……. । बरू आफै विजात्रा भएको यो लम्फुनारायण भोटो देखाउने जात्राजस्तै वर्षमा एक पटक कट्टु देखाउने जात्रा गर्ने प्रतिबद्धता व्यक्त गर्दछु, कृपया कसैले मेरो हराएको कट्टु….., किनकि त्यो कट्टु देशको पनि हो ।

जनता र यस मोरी देशरूपी दुहुनी गाईका मात्र कति कुरा गर्नु पाठकवृन्द, वास्तवमा तपाईंको यो लम्फु पनि त्यस बौलाहाभन्दा कम्ती काँ छ र, किनकि आज यो लोकतन्त्रको घाम झलमल्ल झल्मलाइरहेका बेला बुद्धि हुनेहरू सब शक्ति, सत्ता र कुर्सीरूपी कुकुर्नीका पछाडि घ्याँ घ्याँ र घुँ घुँ दाँत ङिच्याउँदै र नङ्ग्रा उज्याउँदै कात्तिकको कुकुर भएर दौडिरहेका बेला यो मोरो लम्फु आफ्नै हराएको कट्टुको खोजीमा छ, गल्ली गल्छेंडा, हजारौं वर्षदेखि घामको दर्शन नपाएका यहाँका छिँडी, चोक एकाम्य पारिसक्यो, अहँ छैन, कतै छैन, यस उत्तराधुनिक युगका डाङ्किनी, बोक्सिनी, भूत, प्रेत, पिशाच कसले लग्यो, कसले वेपत्ता पार्यो थाहा छैन । त्यसैले लम्फु नाङ्गै छ र नाङ्गै अनुनय विनय गर्दैछ, कृपया कसैले मेरो हराएको कट्टु भेटाउनु भयो भने ……. । बरू आफै विजात्रा भएको यो लम्फुनारायण भोटो देखाउने जात्राजस्तै वर्षमा एक पटक कट्टु देखाउने जात्रा गर्ने प्रतिबद्धता व्यक्त गर्दछु, कृपया कसैले मेरो हराएको कट्टु….., किनकि त्यो कट्टु देशको पनि हो ।

(लेखक गिरी प्रगतिवादी साहित्यकार, भाषा तथा लोक संस्कृतिविद् हुन् ।)


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु