१० आश्विन २०७८, आईतवार

चुनावको मुखैमा अमेरिकी राष्ट्रपति ट्रम्पलाई कोरोना सङ्क्रमण



१६ असोज, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । नोभेम्बर ३ मा हुन लागेको राष्ट्रपति चुनावको लागि देश दौडाहामा रहेका ट्रम्पलाई कोरोना पुष्टि भएको हो ।

सामाजिक सञ्जालमा ट्वीटरमा लेख्दै आफ्नो पत्नी मेलानिया ट्रम्प र आफुलाई कोरोना पोजेटिभ देखिएको ट्रम्पले जानकारी दिएका छन् । उनले आफुहरू तत्काल क्वारेन्टिनमा बस्न लागेको र कोरोनालाई सँगै जित्नेमा आशावादी रहेको बताएका छन् ।

यसअघि ट्रम्पकी सल्लाहकार होम हिक्सलाई पनि कोरोना सङ्क्रमण देखिएको थियो । कुनैपनि हालतमा राष्ट्रपतिको दोस्रो कार्यकाल पनि आफ्नै पोल्टामा पार्न एकोहोरिएका ट्रम्पलाई चुनावक मुखैमा झट्का लागेको छ ।

नोभेम्बर ३ मा चुनावको मिति नै घोषणा भइसकेको अवस्थामा ट्रम्प कति दिन क्वारेन्टिनमा बस्छन् या चुनाव प्रचारमा कुन रणनीति अपनाउलान् विश्वभर चासोको विषय बनेको छ ।

राष्ट्रपति ट्रम्प दम्पतिलाई कोरोना पुष्टि भइसकेको अवस्थामा उपराष्ट्रपति माइक पेन्सनको रिपोर्ट आउन भने बाँकी छ ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको