२३ जेष्ठ २०८०, मंगलवार

कोरोना सङ्क्रमणबाट कर्णालीका वरिष्ठ अर्थोपेडिक डा. सापकोटाको मृत्यु



१५ असोज, काठमाडौं । कोरोना सङ्क्रमणबाट कर्णाली प्रदेश अस्पतालका वरिष्ठ अर्थोपेडिक सर्जन डा. हरि सापकोटाको मृत्यु भएको छ । भेरी अञ्चल अस्पताल नेपलगञ्जमा उपचाररत ५८ वर्षीय डा. सापकोटाको मृत्यु भएको हो ।

भाइसर सङ्क्रमणका कारण ज्वरो, रूघाखोकी जस्ता लक्षणहरू देखिएपछि डा. सापकोटालाई १० दिनदेखि भेन्टिलेटरमा उपचार भइरहेको थियो ।

भेरी अञ्चल अस्पतालमा उपचारका क्रममै बिहिबार दिउँसो ३ बजे सापकोटाको निधन भएको सरकारी चिकित्सक संघका अध्यक्ष डा. रवीन खड्काले बताए ।

मधुमेह र उच्च रक्तचापको विरामी समेत रहेका डा. सापकोटा विगत १४ वर्षदेखि कर्णाली प्रदेश अस्पतालमा कार्यरत थिए ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको