७ आश्विन २०८०, आईतवार

खाना खाँदै गरेका पुजारीको गोली हानी हत्या



४ भाद्र, काठमाडौं । रौतहट जिल्लाको हनुमान मन्दिरका एक पुजारीको हत्या भएको छ ।
माधवनारायण नगरपालिका २ हनुमान मन्दिरका पुजारी श्रीराम साहको गोली हानी हत्या भएको हत्या भएको हो ।

बुधबार साँझको पुजाआजा सकेर खाना खान बसेका पुजारी साहको कञ्चटमा गोली हानेर अज्ञात व्यक्ति फरार भएको बताइएको छ ।

बाँया कञ्चटमा गोली पुजारी साहको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटका एसपी रवीराज खड्काले बताए ।

घटानाबारे अनुसन्धान अगाडी बढाइएको छ । गोली हानेर भाग्ने अपराधीको खोजी कार्य तिब्र पारिएको एसपी खड्काले जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको