कर्णाली प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीलाई कोरोना पुष्टि
१५ असोज, काठमाडौं । कर्णाली प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीलाई कोरोना पोजेटिभ देखिएको छ । कन्ट्याक्ट ट्रेसिङका क्रममा प्रदेश प्रमुखको पिसिआर परिक्षण गर्दा बिहिबार कोरोना सङ्क्रमण पुष्टि भएको हो ।
प्रदेश प्रमुख कार्यालय वीरेन्द्रनगर सुर्खेतमा कार्यरत केही कर्मचारीहरूको कोरोना परिक्षण रिपोर्ट पोजेटिभ आएपछि प्रदेश प्रमुखको पनि पिसिआर परिक्षण गरिएको थियो ।
प्रदेश प्रमुखको कार्यालयले विज्ञप्ति जारी गर्दै कलौनीलाई कोरोना सङ्क्रमण पुष्टि भएको जानकारी गराएको छ । हाल होम आइसोलेशनमा बसिसकेका उनको स्वास्थ्य अवस्था समान्य रहेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।