१९ फाल्गुन २०७७, बुधबार

हुम्लामा ७३ हजार क्वीन्टल चामलको माग



समर हुम्ली

१५ असोज, काठमाडौं । खाद्य व्यवस्थापन समिति हुम्लाले आगामी आर्थिक वर्षका लागि ७३ हजार क्वीन्टल चामलको माग गर्ने भएको छ । संघीय संरचरना अनुसार डिपो र बिक्री केन्द्र विस्तारको लागि पनि माग गरिएको खाद्य व्यवस्थापन सिमिति हुम्लाले जनाएको छ ।

आर्थिक वर्ष ०७७/०७८का लागि शाखा कार्यालय सिमकोट, डिपो केन्द्र श्रीनगर र सर्केगाड बिक्री केन्द्र याल्वांग, याँचु, देउली र छप्रेलाका लागि हाल उपलब्ध कोटाभन्दा धेरै मात्रामा माग गरिएको नेपाल खाद्य व्यवस्थापन समिति शाखा कार्यालय हुम्लाका कार्यालय प्रमुख रामबहादुर बिष्टले रारापाटीलाई जानकारी दिएका छन् ।

शाखा कार्यालय सिमकोटका लागि ३५ हजार क्वीन्टल चामल माग गरिने भएको छ । डिपोहरू श्रीनगरका लागि ६ हजार र सर्केगाडका लागि ८ हजार गरी दुई डिपोका लागि १४ हजार क्वीन्टल चामल माग गरिने भएकोे छ । यसैगरी बिक्रीकेन्द्रहरू छप्रेलाका लागि ६ हजार, देउलीका लागि ६ हजार, याँचुका लागि ६ हजार र याल्वांगका लागि ६ हजार गरी चार बिक्रीकेन्द्रमा २४ हजार क्वीन्टल चामलको माग गरिने भएको छ ।

चालु आर्थिक वर्षका लागि माग गरिएको चामल गत वर्षभन्दा दोब्बर हो । चालु आर्थिक वर्ष ०७६/०७७ मा ३१ हजार क्वीन्टलभन्दा धेरै चामल हुम्लामा पुगेको छ । यसबाट नेपाल खाद्य व्यवस्था तथा ब्यापार कम्पनी लिमिटेड, शाखा कार्यालय हुम्लाले करोडौंको चामल बिक्री गरेको छ ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु