२२ फाल्गुन २०७७, शनिबार

प्रधानसेनापति पूर्णचन्द्र थापाको पिसिआर रिपोर्ट नेगेटिभ



१४ असोज, काठमाडौं । प्रधानसेनापति पूर्णचन्द्र थापाको पिसिआर परीक्षणको नतिजा नगेटिभ आएको छ ।

आइतबारदेखि सेल्फ क्वारेन्टाइनमा बसेका प्रधानसेनापति थापाको पिसिआर परिक्षणपछि नतिजा नेगेटिभ आएको हो ।

प्रधानसेनापति थापा निवासको भान्छामा कार्यरत एक सदस्यमा शनिबार कोरोना सङ्क्रमण पुष्टि भएपछि उनी सेल्फ क्वारेन्टाइनमा बसेका थिए ।

स्वास्थ्य सजगता अपनाउँंदै क्वारेन्टाइनमा बसेका प्रधानसेनापतिको पिसिआर परीक्षणको नतिजा नेगेटिभ आएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

(रासस)


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु