२० जेष्ठ २०८०, शनिबार

कर्णालीमा थप ५७ जनामा कोरोना पुष्टि, ३४ डिस्चार्ज



१४ असोज, सुर्खेत । कर्णाली प्रदेशमा बुधबार थप ५७ व्यक्तिमा कोराना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।

प्रदेश अस्पताल/पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा ५५ र दैलेख अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा दुई गरी ५७ जनामा भाइरस सङ्क्रमण पुष्टि भएको हो ।

कोरोना पुष्टि हुनेहरूमा सुर्खेतका २४, सल्यानका २२, कालीकोटका ५, दैलेख र जुम्लाका २/२, मुगुका १ र प्रदेश बाहिरका १ जना रहेको कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयका स्वास्थ्य शिक्षा अधिकृत नवराज कँडेलले जानकारी दिएका छन् ।

अधिकृत कँडेलका अुनसार आज थपिएका ५७ व्यक्तिसहित कर्णालीमा जम्मा कोरोना सङ्क्रमित संख्या ३५ सय ५१ पुगेको छ । हाल ५२९ जना आइसोलेशनमा छन् । त्यस्तै आज ३४ व्यक्ति डिस्चार्ज भएसँगै प्रदशभर कोरोना सङ्क्रमणमुक्त हुनेको संख्या २ हजार ९३९ पुगेको स्वास्थ्य सेवा महाशाखाले जनाएको छ ।

(रासस)


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको