६ आश्विन २०८०, शनिबार

‘अबको २४ घण्टामा पिसिआर शुल्क घटाउनु, नत्र परिक्षण स्वीकृति खारेज गरिनेछ’



१४ असोज, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ८ वटा निजी प्रयोगशालालाई तत्काल पिसिआर परिक्षण शुल्क घटाउन निर्देशन दिएको छ । उपत्यकाका विभिन्न ८ निजी प्रयोगशालाले तोकिएको भन्दा अधिक शुल्क लिएर परिक्षण गरेको भन्दै २४ घण्टाभित्र शुल्क घटाउन मन्त्रालयले निर्देशन दिएको हो ।

स्टार अस्पताल, ह्याम्स्, बी एण्ड बी, मेडिसिटी, डिकोड, सौय, सेन्ट्रल डायगोनोस्टिक र इन्ट्रापिड प्रयोगशालाले संयुक्त बक्तव्य जारी गर्दै ३८९९ रूपैयाँ शुल्क लिएर पिसिआर परिक्षण गर्ने बताएका थिए ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले २४ घण्टा भित्र शुल्क नघटाए उल्लिखित ८ वटै प्रयोगशालाको परिक्षण स्विकृति खोरेज गरिने बताएका छन् । ‘त्यसका लागि राष्ट्रिय जनस्वास्थ्यलाई पत्राचार गर्न निर्देशन दिइसकेको छु’ प्रवक्ता गौतमले भने ।

मन्त्रालयको गुणस्तर मापन महाशाखाले बुझाएको प्रतिवेदनमा विभिन्न ८ प्रयोगशालाले सरकारी निर्देशनको अवज्ञा गर्दै तोकिएको भन्दा बढि शुल्क लिएर परिक्षण गर्ने गरेको उल्लेख छ । मन्त्रालय निर्देशन बमोजिमको कोरोना परिक्षण शुल्क कायम गर्न हदैसम्म कडा हुने देखिएको छ ।

अब ८ वटा प्रयोगशालाहरूलले सरकारले तोकेको अधिकतम २ हजार शुल्कमा पिसिआर परिक्षण गर्नुपर्नेछ । हैन भने निजी क्षेत्रबाट सञ्चालित नामुद अस्पताल र प्रयोगशालाहरूको कोरोना परिक्षण स्किृति खारेज हुने पक्कापक्की भएको छ ।

यो पनि पढ्नुहोस् :


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको