अहिले बैंकिङ क्षेत्रले अर्थतन्त्रलाई बचाई राख्न महत्वपूर्ण भूमिका खेलिरहेको छ : मनोज ज्ञवाली
नेपालको पहिलो निजी कमर्सियल बैंक रूपमा परिचित नबिल बैंकका नायव महाप्रबन्धक मनोज ज्ञवालीसँग रारापाटी डटकमले कोरोना कहरमा बैंकिङ गतिविधि र देशको अर्थतन्त्रलगायत विविध पाटामा गरिएको कुराकानी :
तपाईं विभिन्न बैंकहरूको नेतृत्वदायी भूमिकामा रहँदै अहिले नविल बैंक जस्तो प्रतिष्ठित बैंकको नायव महाप्रबन्धक भएर काम गर्दा कस्तो अनुभव भइरहेको छ ?
यी पद र भूमिका भनेका फिल्ममा अभिनेताहरूले गर्ने भूमिका जस्तै हुन्छन् । आफ्नो भूमिका अनुसारको सबैले राम्रो अभिनय गरेपछि फिल्म चल्छ र अर्को फिल्मको अफर पनि आउँछ । बजारमा सबैले वाहवाह गर्छन् पनि, भूमिका के पाइयो भन्दा पनि भूमिकामा सधै न्याय गर्ने कोसिस रहन्छ, अनि पद र प्रतिष्ठा दम्भ पनि छैन यसर्थ जहिले पनि आफूले लिएको भूमिकामा न्याय गर्न पुरै मेहनत गर्छु । अरु साथीहरूको भूमिकाको पनि उत्तिकै कदर गर्छु ।
चाहे केन्द्रीय बैंकको अधिकृतको रूपमा काम गर्दा होस् या विकास बैंकको प्रमुख कार्यकारी अधिकृतको रूपमा काम गर्दा होस् या आज नविल बैंकको नायव महाप्रबन्धक भएर काम गर्दा होस् एउटै कुरा सोच्दछु । यी पद र भूमिका भनेका फिल्ममा अभिनेताहरूले गर्ने भूमिका जस्तै हुन्छन् । आफ्नो भूमिका अनुसारको सबैले राम्रो अभिनय गरेपछि फिल्म चल्छ र अर्को फिल्मको अफर पनि आउँछ । बजारमा सबैले वाहवाह गर्छन् पनि, भूमिका के पाइयो भन्दा पनि भूमिकामा सधै न्याय गर्ने कोसिस रहन्छ, अनि पद र प्रतिष्ठा दम्भ पनि छैन यसर्थ जहिले पनि आफूले लिएको भूमिकामा न्याय गर्न पुरै मेहनत गर्छु । अरु साथीहरूको भूमिकाको पनि उत्तिकै कदर गर्छु, मलाई संस्थाभित्र बसेर नचाहिने राजनीति गरेको मन पर्दैन । राजनीति नै गर्ने भए मैदानमा उत्रेर चुनाव नै लड्ने गरी लाग्नुपर्छ, संस्थामा त आफ्नो भूमिकामा न्याय अनि अरुको भूमिकामा सहयोग गर्नु पर्दछ । नबिल बैंकसँग जोडिए पछि थप चुनौती र अवसर प्राप्त भए झै लाग्छ । भर्खर संस्था र साथीहरू बुझ्दैछु । देशको सबैभन्दा राम्रो मानीने संस्थाको उच्च व्यवस्थापनमा बसेर काम गर्न पाउँदा गर्व लाग्छ पनि ।
हाल तपाईंको दैनिकी कसरी वितिरहेको छ ? दैनिक कति घण्टाजति काम गर्नुहुन्छ ?
कहिलेकाहीँ बिहान ८ बजे काम गर्न टेबलमा बसेपछि राती १२ बजेसम्म पनि काम गरिएको छ भने सामान्यतया दिन ९–१० घण्टा काम गरिन्छ । म पढ्ने या काम गर्ने कुरामा ‘घडिको सुई चलेको’ घण्टाभन्दा प्रभावकारी काम गर्न लागेको समय गणनामा बढि विश्वास गर्छु, यस्तो प्रभावकारी समय ४ घण्टा आसपास हुन्छ होला ।
कोरोनाको कारण सबैको दैनिकी प्रभावित छ । हामीले बैंकको सबै व्यवस्थापन समूह एकै दिन अफिस नजाने र जोर बिजोर दिन मिलाएर जाने व्यबस्था गरेका छौं । अफिस गएर भन्दा घर मै बसेर काम झन् बढि भइरहेको महशुस हुन्छ । मिटिङहरू जुम या माइक्रोसफ्ट टिम या गुगल मिटलाई प्रयोग गरेर भइरहेका छन् । समयलाई प्रभावकारी हिसाबले कसरी सदुपयोग गर्ने भन्ने तर्फ लागिन्छ । कहिलेकाहीँ बिहान ८ बजे काम गर्न टेबलमा बसेपछि राती १२ बजेसम्म पनि काम गरिएको छ भने सामान्यतया दिन ९–१० घण्टा काम गरिन्छ । कहिलेकाहीँ अली फुर्सद नि हुन्छ तर साथीहरूसँग भेट्न डर, कहीँ जान डर अनि फेरि काम मै होइन्छ । म पढ्ने या काम गर्ने कुरामा ‘घडिको सुई चलेको’ घण्टाभन्दा प्रभावकारी काम गर्न लागेको समय गणनामा बढि विश्वास गर्छु, यस्तो प्रभावकारी समय ४ घण्टा आसपास हुन्छ होला ।
दैलेख जस्तो दुर्गम जिल्लामा जन्मिएर वैङ्किङ क्षेत्रमा यहाँसम्म आइपुग्नका लागि गरेको दुःख र सङ्घर्षका बारेमा केही बताइदिनुहोस न ?
दुर्गम ठाउँमा जन्मेर पनि मैले खासै दुःख र सङ्घर्ष गर्नु परे झै लाग्दैन मलाई । मेरो आमा–बाबाले घरमै राम्रो पठाउनु भयो, सानैमा स्कुल सुरु गरे । राम्रो पढ्ने हुँदा चाहे डाँडिमाडी या दुल्लुमा पढ्दा होस् शिक्षकहरूले पनि सधै माया गर्ने । एसएलसी दिँदा १६७ जनाले परिक्षा दिएको जम्मा १२ जना पास भइयो, मेरो नम्बर सबैभन्दा बढि हुँदा नि जम्मा ५१ प्रतिशत मात्र । सरहरू गणित र विज्ञान पढाउने शिक्षक खोज्न तराई र भारतसम्म पुग्नुहुन्थ्यो । एसएलसीपछि काठमाडौँ पढ्न पठाउनु भयो बुबाले, डाक्टर पढ्नुपर्छ भन्दै तर म मेरो फुपुको छोराको सल्लाह बमोजिम व्यवस्थापन पढेँ । त्यही बेला चार्टड एकाउण्टेन्सीको बारेमा सुनियोः पढ्न साह्रै गाह्रो छ, खर्च कम लाग्छ तर पढिसकेपछि क्यारियर गज्जब हुन्छ । पढ्न खासै गाह्रो नलाग्ने हुँदा हिक्मत गरेर लागियो आफ्नो ठुलो मामाको पछि लागेर लखनउ तिर । ४ वर्षमा सिए पास गरिहालियो । २०६० सालमा नेपाल फर्केको नेपाल बैंक र राष्ट्र बैंकमा सिए मागेको रहेछ, मेरो कान्छो मामाको सल्लाह अनुसार राष्ट्र बैंक मै तयारी गरेर लागियो र नाम पनि १ नं. मै निस्कियो । अनि त पछि फर्केर हेर्नै परेन । मेहनत गरेर काम गर्ने, संस्थामा बसेर संस्थालाई पुरै सकारात्मक ऊर्जा दिन सक्छु भन्ने लाग्दासम्म काम गर्ने नत्र सबैलाई धन्यवाद दिएर बाटो फरक गर्ने कुरामा विश्वास गर्छु म । पदमा बस्ने अनि सहकर्मी र काम गरिरहेको संस्थालाई सराप्दै बस्यो भने त्यसले न संस्थालाई फाइदा गर्छ न त व्यक्तिलाई नै भन्ने कुरामा विश्वास गर्छु । मन खुशी हुने बेलासम्म काम गर्ने, मन भारी भएमा अलग्गिने अनि नकारात्मक कुरा नगर्ने । मैले काम गरेका सबै संस्था राम्रो र सहकर्मी पनि राम्रो पाएको महशुस गर्छु, यस अर्थमा मैले आफूलाई भाग्यमानी सम्झन्छुु । मैले मेहनत गर्नु पक्कै पर्यो तर दुःख र सङ्घर्ष भन्न मिल्दैन– मेरो बाबा आमा र शिक्षकहरू प्रति अन्याय हुन्छ ।
कोरोना महामारीले बैंकिङ क्षेत्रमा कस्तो प्रभाव पारेको छ ?
कोरोनाले विश्वव्यापी जनजीवन र अर्थतन्त्र मै असर पारेको छ । बैंकिङ भनेको अर्थतन्त्र सँगसँगै चल्दछ यसैले बैंकिङमा पनि असर छ नै । ग्राहकहरूले ब्याज तथा साँवा तिर्न सकिरहनु भएको छैन । बैकिङमा निक्षेप एकनासले बृद्धि हुँदै ४० खर्ब नाघिसक्यो भने कर्जामा अपेक्षित बृद्धि हुने स्थिति छैन । बैंकहरू डिजीटलाइजेसन तिर बढि फोकस देखिन्छन् । खराब कर्जा बढ्ने स्थिति देखिन्छ तर अरु क्षेत्रमा जस्तो असर परिसकेको छैन । बैंकिङमा असर पनि पछि पर्दछ भने समस्याबाट माथी उठ्न पनि बैकिङलाई समय लाग्दछ । अहिले बैंकिङले अर्थतन्त्रलाई बचाई राख्न सहयोगी भूमिका खेलिरहेको अवस्था छ ।
तपाईंले देशको अर्थतन्त्रलाई कसरी नियालिरहनु भएको छ ?
कोरोना प्रभाव सँगसँगैका केहि सुचकाङ्क हेर्यो भने हामी निरूत्साहित हुनु पर्ने देखिन्न । मुद्रास्फिती ३.५ प्रतिशतभन्दा तल छ, निर्यात ८.९ प्रतिशतले बढ्दै गर्दा आयात १९.६ प्रतिशतले घटेको छ, रेमिटेन्स २३ प्रतिशतले बढेको छ, शोधनान्तर स्थाती ५१.५ अरबले बचतमा छ, नेपालको कूल बिदेशी मुद्रा सञ्चिति १४ खरब नाघेको छ, पुँजी बजारमा पनि उत्साह देखिन्छ । यसरी प्रकाशित तथ्याङ्कहरू उत्साहजनक हुँदा पनि जनस्तरमा भने अर्थतन्त्रलाई लिएर निरासा बढि देखिन्छ ।
कोरोना प्रभाव सँगसँगैका केहि सुचकाङ्क हेर्यो भने हामी निरूत्साहित हुनु पर्ने देखिन्न । मुद्रास्फिती ३.५ प्रतिशतभन्दा तल छ, निर्यात ८.९ प्रतिशतले बढ्दै गर्दा आयात १९.६ प्रतिशतले घटेको छ, रेमिटेन्स २३ प्रतिशतले बढेको छ, शोधनान्तर स्थाती ५१.५ अरबले बचतमा छ, नेपालको कूल बिदेशी मुद्रा सञ्चिति १४ खरब नाघेको छ, पुँजी बजारमा पनि उत्साह देखिन्छ । यसका केहि कारणहरू पनि छन् तर हामीले जति अर्थतन्त्रको नकारात्मक प्रक्षेपण गरेको थियौं, त्यस्तो देखिएको छैन । यसरी प्रकाशित तथ्याङ्कहरू उत्साहजनक हुँदा पनि जनस्तरमा भने अर्थतन्त्रलाई लिएर निरासा बढि देखिन्छ । हाम्रो देश सबैले भन्ने गरे जस्तै धेरै समृद्धिका सम्भावनाहरू भएको तर उचित राजनीतिक चेतना र नितीगत व्यवस्था बिना सम्भावनाहरू कागज मै सीमित रहँदै अघि बढिरहेको जस्तो लाग्छ ।
पर्यटनमा सम्भावना छ तर सडक र अरु सुविधा आकर्षक छैनन् न त प्रवद्र्धन नै छ । कृषिमा सम्भावना छन् तर भण्डारण, बजारीकरण र प्रवद्र्धन छैन । जलस्रोतमा सम्भावना छन् तर लगानीको लागि स्वदेशी पुँजी पर्याप्त छैन, बैदेशिक लगानी भित्र्याउन सक्ने रणनीतिक व्यवस्था छैन । फलस्वरूप युवाहरूको श्रम सस्तो मूल्यमा निर्यात गरेर चामल, दाल, कपडा आयात गरेर देश चलिरहेको छ । बस्तु आयात बस्तु निर्यातको १३–१४ गुणा हुन्छ । अर्थतन्त्र रेमिटेन्सले धानेको छ । हाम्रो अर्थतन्त्र दुई ठुला अर्थतन्त्रको बिचमा रहेर पनि आन्तरिक द्वन्द्व मै सुषुप्त लाग्दछ । धेरै सम्भावना छन् तर एक परिवर्तनकारी राजनीतिक सोच र त्यो सोचलाई साथ दिने संयन्त्र बनाई योजनाबद्ध तरिकाले अघि बढ्ने हो भने ५ बर्षमा राम्रो स्थितिको अर्थतन्त्र हुन सक्दछ भने १० बर्षमा त कायापलट नै हुनसक्छ ।
नेपालमा बैंकिङ क्षेत्रको मुल समस्या र चुनौतिहरू के हुन् जस्तो लाग्छ ?
बैकिङ क्षेत्र मर्जर तथा प्राप्ति अनि पुँजी बृद्धिसँगै आकारमा ठुलो हुदै गयो । हाल १ सय ५३ वटा नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त वित्तीय संस्थाहरूले ९ हजार ८ सय १३ वटा शाखामार्फत् देशभर वित्तीय सेवा दिइरहेका छन् । नेपालको अर्थतन्त्रमा राम्रोसँग पारदर्शिता र तुलनात्मक रूपमा राम्रो संस्थागत सुशासनको साथ चलिरहेको क्षेत्र बैंकिङ हो । बैंकिङको समस्याहरू पनि अर्थतन्त्रसँगै सम्बन्धित हुन्छन् । अहिलेको बैंकिङको चुनौती भनेको कोरोनाको कारण ग्राहकहरूले समयमा कर्जाको किस्ता तथा ब्याज भुक्तानी गर्न अक्षम हुनु, उच्च प्रतिस्पर्धा तथा नियमनकारी निकायको निर्देशनका कारण मुनाफामा कमी हुँदै जानु, बैंकिङ बिस्तारै टेक्नोलोजीमा आधारित हुँदै जानु र खर्च बढ्दै जानु रहेका छन् । यस्तो चुनौती तथा समस्याहरू बैंकैपिच्छे फरक–फरक नि हुन सक्छन । तर सक्षम नियमनकारी निकाय र पारदर्शी अनि सवल बैंकिङ क्षेत्रले यो समस्या र चुनौतीबाट सहजै पार पाउन सक्छौ जस्तो लाग्दछ ।
नविल बैंकले के–कस्ता लगानी प्रवद्र्धनका योजना बनाएको छ ? त्यसमा पनि विकासको मापनमा सबैभन्दा पछाडि परेको कर्णाली प्रदेशका लागि केही विशेष योजना छ कि ?
नबिल बैंकले सामाजिक उत्तरदायित्वको बढि रकम कर्णाली प्रदेशको शिक्षा र स्वास्थ्यमा खर्चिने गरी योजनाहरू बनाउदैछ । गत वर्षकै सामाजिक उत्तरदायित्व कोषलाई सुर्खेतमा सरुवा रोग नियन्त्रणको लागि अस्पताल बनाउन खर्चिने गरी सहमति भइसकेको थियो तर राष्ट्र बैंकको पछिल्लो परिपत्रको कारण सम्भव भएन र सबै पैसा सरकारको कोरोना रोकथाम तथा नियन्त्रण कोषमा जम्मा गर्नु पर्यो । हामी कर्णाली प्रदेशको शिक्षा र स्वास्थ्यसँगै आर्थिक क्रियाकलापमा पनि सहकार्य गर्न चाहन्छौं, जसले दिर्घकालीन सकारात्मक परिणाम दिन्छ भन्ने लाग्दछ ।
नबिल बैंक अहिलेको यो अवस्थामा आइपुग्नुको पछाडि ग्राहकहरूको विश्वास मुख्य आधार हो । बैंक स्थापना भएको ३६ वर्ष पुग्दै गर्दा हाल ११९ वटा शाखाहरू र १८४ वटा एटिमसँगै डिजीटल बैंकिङमार्फत् देशभरमा ८ लाखभन्दा बढि ग्राहकहरूलाई प्रत्यक्ष सेवा दिइरहेको छ । अहिले व्यक्तिगत निक्षेपमा सबैभन्दा बढि ब्याजदर अर्थात् ९ प्रतिशतसम्म बैंकले दिन्छ भने कर्जाहरू ७.४९ प्रतिशतसम्म मै दिएको छ । कर्णाली प्रदेशमा पनि अब हरेक स्थानीय तहमा बैंकहरूको शाखा पुगिसकेका छन्, प्रदेश सरकारले व्यवसाय प्रवद्र्धन गर्ने निती ल्याउनु पर्छ । बैंकको उपस्थिति कर्णाली प्रदेशमा छ तर शाखा बिस्तारको हिसाबले तत्कालै कर्णाली प्रदेश तिर बढि आक्रामक हुने स्थिति छैन । अहिलेको अवस्थामा बाणिज्य बैंकहरूको सबैभन्दा कम शाखाहरू हुने प्रदेश कर्णाली प्रदेश नै हो । जम्मा ७८ वटा शाखाहरू छन् त्यो सङ्ख्या पनि सुर्खेतमा लगभग २७ वटै बाणिज्य बैंकको शाखा भएका कारण पुगेको हो । यसतर्फ प्रदेश सरकारले केही सोच राख्नै पर्छ । नबिल बैंकले सामाजिक उत्तरदायित्वको बढि रकम कर्णाली प्रदेशको शिक्षा र स्वास्थ्यमा खर्चिने गरी योजनाहरू बनाउदैछ । गत वर्षकै सामाजिक उत्तरदायित्व कोषलाई सुर्खेतमा सरुवा रोग नियन्त्रणको लागि अस्पताल बनाउन खर्चिने गरी सहमति भइसकेको थियो तर राष्ट्र बैंकको पछिल्लो परिपत्रको कारण सम्भव भएन र सबै पैसा सरकारको कोरोना रोकथाम तथा नियन्त्रण कोषमा जम्मा गर्नु पर्यो । हामी कर्णाली प्रदेशको शिक्षा र स्वास्थ्यसँगै आर्थिक क्रियाकलापमा पनि सहकार्य गर्न चाहन्छौं, जसले दिर्घकालीन सकारात्मक परिणाम दिन्छ भन्ने लाग्दछ ।
छोटो समय मै राम्रो प्रगति गरेको देखेर धेरै युवाहरू यहाँसँग प्रेरणा लिन चाहन्छन् उहाँहरूलाई केहि सन्देश दिन चाहनुहुन्छ ?
हाम्रो पुस्ताले राजनीतिक उथलपुथल र अस्थिरता मै धेरै समय बितायो, अहिले देशमा राजनीतिक स्थिरताको वातावरण बनेको छ । लगानीका सम्भावना र लगानीकर्ता बढेका छन् । अहिलेको युवाहरूलाई हरेक क्षेत्रमा सम्भावनाहरू छन् बस् आवश्यकता छ त सकारात्मक सोच, योजना र काम गर्ने उत्साहको मात्रै । हाम्रो समाज बिस्तारै नकारात्मक कुराहरूप्रति बढि आकर्षित भए झै देखिन्छ, युवाहरू यसबाट बच्नु पर्छ । आफ्नो कर्तव्य पुरा नगर्ने अनि अरूलई सराप्दै हिँड्ने काम बन्द गर्नु पर्छ । लगनशील भई एक लक्ष्य लिएर राम्रो सोच राख्दै अघि बढ्नुहोस, सोच अनुसारको कर्म अनि कर्म अनुसारको भाग्य हुनेछ । समयको सदुपयोग गर्नुहोस् र समयलाई चिन्नुस् अहिले समय बरबाद गर्नलाई यती धेरै बाटोहरू भेटिन्छन् त्यहाँ नभड्किनुहोस्, भविष्य साँच्चै आशालाग्दो र सुन्दर छ । यो अलि अलि मडारिएको कालो बादल चाँडै हट्छ र चाँदीको घेरा देखिन्छ भन्ने विश्वासका साथ अघि बढ्नुहोस, सकारात्मक सोच अनि दृढताका साथ लिएको लक्ष्य पक्कै पुरा हुन्छ भन्न चाहन्छु ।