४ कार्तिक २०७७, मंगलवार

कोरोना ‘हटस्पट’ बनेको प्रदेश २ मा सङ्क्रमण घट्दै



यमुना राना

१४ असोज, काठमाडौं । लकडाउन खुकुलो पारिएपछि कोरोना भाइरसको ‘हटस्पट’ बनेको प्रदेश २ मा अहिले भाइरस सङ्क्रमण घट्दोक्रममा देखिएको छ । लकडाउन खुकुलो भएपछि सिमा नाकामा पनि त्यति कडाई नभएको अवस्थामा भारतबाट मानिसहरूको बाक्लो अवागमन हुँदा सङ्क्रमण तिब्र रूपमा फैलिएको थियो ।

भारतसंँग सिमा जोडिएको २ नम्बर प्रदेशमा सङ्क्रमण गति थप तिब्र हुने देखिएपछि पुन लकडाउन र निषेधाज्ञाको लागु गरी ति ठाँउमा सङ्क्रमण रोकथाम र नियन्त्रणको प्रयास गरिएको थियो । मंगलबार प्रदेश २ मा एकैदिन ५८ जना नँया संक्रमित थपिए पनि सलाई पहिलेको तुलनामा कम मानिएको छ ।

यसरी पहिलेको तुलनामा केस घटेको देखिएपनि निश्चिन्त हुने समय भने नरहेको प्रदेश स्वास्थ्य निर्देशनालयका निमित्त निर्देशक विजय झाले बताए ।

पछिल्लो मापदण्ड अनुुसार सरकारले लक्षण नभएकाहरूको कोरोना परिक्षण गर्नु नपर्ने निती ल्याएको छ । सङ्क्रमितहरू घरमै बस्न पाएका छन् । सोही कारण परिक्षण कम हुँदा सङ्क्रमित पनि कम देखिएको झाको तर्क छ ।

निर्देशक झाका अनुसार पछिल्लो एक सातायताको तथ्याङ्क हेर्दा प्रदेश २ मा कोरोना संक्रमितको संख्या निरन्तर घटेको छ । तर यसअघी पनि असार अन्तिमतिर घट्दोक्रममा रहेको कोरोना सङ्क्रमण साउन पहिलो हप्तामा लकडाउन खुल्दा बढेको अुनभव सुनाँउदै झाले भने, ‘अहिले पनि लकडाउन खोली सबै चहल–पहल बढेको हुँदा यसले सङ्क्रमण बढ्ने हो कि भन्ने चिन्ता छ ।’

‘पछिल्लो समय मानिसहरूले कोरोना केही होइनजस्तो व्यवहार गर्न थालेकोले पनि झनै खतरा निम्तिने देखिन्छ ।’ साथै नेपालीहरूले धुमधामसँग मनाउने दशैं र तिहार नजिकिदै गर्दा झनै सङ्क्रण बढ्ने हो की भन्ने चिन्ता थपिएको उनले बताए ।

मंगलबारको तथ्याङ्क अनुसार सबैभन्दा धेरै बागमती प्रदेशमा २८ हजार ४७० सङ्क्रमित थपिएका छन् । त्यसपछि दोस्रोमा रहेको प्रदेश २ मा १५ हजार १५ जना सङ्क्रमित थपिएका छन् । जसमध्ये १३५६३ जना निको भएका छन् भने १३२० जना सक्रिय संक्रमित रहेका छन् । हालसम्म १३१ जनाको मृत्यु भएको छ । जसमध्ये ६२२ जना होम आइसोलेशनमा र अन्य संस्थागत आइसोलेशनमा रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मंगलबारको तथ्याङ्कमा छ ।

प्रदेश २ मा सङ्क्रमितको संख्या घट्न थाल्दा निको हुनेको संख्या भने बढेको देखिएको छ । यो निकै राम्रो पक्ष हो तर होम आइसोलेशनमा बस्नेहरूलाई १४ दिनपछि स्वतः डिस्चार्जमा गणना गरेकाले पनि निको हुनेको संख्या बढेको देखिएको हो ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु