१३ फाल्गुन २०७७, बिहीबार

दैलेखको ठाटिकाँधमा पहिरो : ७ घर बगे, २ जनाको मृत्यु ६ जना घाइते



रोहित लामिछाने
३ भाद्र, दैलेख । ठाटिकाँध गाउँपालिका वडा नम्बर ४ गैह्रिगाउँमा हिजो बिहिबार राति गएको पहिरोमा परि २ जनाको मृत्यु भएको छ । पहिरोमा परी टिकाराम कठायतका १२ वर्षीय छोरा जनक कठायत र दानबहादुर कठायतका ११ वर्षीय छोरा लोकेश कठायतको मृत्यु भएको हो ।

पहिरोमा परी वेपत्ता भएका लोकेश कठायतको लास पहिरोले पुरिएको अवस्थामा २ दिन पछि फेला परेको छ । पहिरोले गाउँपालिकाको वडा नम्बर ४ का ७ घर बगाउँदा अन्य ६ जना घाइते भएका छन् ।

घाइते हुनेहरूमा ४२ वर्षीय टीका कठायत, ४० वर्षीया धनसरा काठायत, १७ वर्षीय बेल कठायत, १५ वर्षीय शमशेर कठायत, २२ वर्षीय महेन्द्र शाही र २३ वर्षीय नेपाली रहेको रारापाटी सम्वाददाता रोहित लामिछानेले बताए । उनले भने, ‘घाइते मध्ये १ जनाको अवस्था गम्भिर र अन्यको अवस्था सामान्य छ ।’


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु