२३ फाल्गुन २०७७, आईतवार

कर्णालीका विभिन्न जिल्लाबाट ९ फरार अभियुक्त पक्राउ



१३ असोज, सुर्खेत । कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले विभिन्न जिल्ला प्रहरी कार्यालयमार्फत ९ फरार अभियुक्तलाई फक्राउ गरेको छ ।

प्रदेश प्रहरी कार्यालयअन्तर्गत जिल्ला प्रहरी कार्यालय जुम्लाबाट सवारी ज्यान, किर्ते, केही सार्वजनिक अपराध र जबर्जस्ती करणीका १/१ गरी ४ फरार अभियुक्त पक्राउ परेका छन् । त्यस्तै जिल्ला प्रहरी कार्यालय सुर्खेतले सवारी ज्यान र ज्यान मार्ने उद्योगको १/१ अभियुक्तलाई पक्राउ गरेको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता राजेशनाथ बाँस्तोलाले जानकारी दिए ।

त्यस्तै जिल्ला प्रहरी कार्यालय हुम्लाबाट बहु विवाहका १ तथा जिल्ला प्रहरी कार्यालय जाजरकोट र डोल्पाबाट जबर्जस्ती करणीका १/१ फरार अभियुक्त पक्राउ परेको प्रहरी वरिष्ठ उपरीक्षक बाँस्तोलाले बताउनुभयो । उनका अनुसार अदालतको फैसला कार्यान्वयनका क्रममा पक्राउ परेका सबै अभियुुक्तलाई सम्बन्धित जिल्ला अदालतसमक्ष पेश गरिएको छ ।

अदालतले कारवाहीको फैसला सुनाएपछि फरार रहेका करीब ७० अभियुक्तलाई पक्राउ गरिसकेको प्रहरीले जनाएको छ ।

(रासस)


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु